ठोरीमा हात्ती आतङ्क

ठोरी, चितवन, ५ माघ । चितवन राष्ट्रिय निकुञ्जबाट आएको हात्तीले केही दिनयता पर्साको ठोरी गाविसमा आतङ्क मच्चाउँदै आएको छ ।    निकुञ्जबाट आएको हात्तीले ती गाविसमा लगाइएको बालीनाली नष्ट पार्नुका साथै सर्वसाधारणको घर भत्काउन थालेपछि स्थानीय चिन्तित भएका छन् । हात्तीको डरले उनीहरू रातभर जाग्राम बस्न थालेका छन् ।    सोमबार रातिमात्र हात्तीले ठोरीमा छ वटा…