चितवन, ३० पुस । हिन्दूहरुको विशेष पर्व माघे संक्रान्तिको अवसरमा चितवन र तनहुँको संगमस्थल देवघाटधाममा लाग्ने माघे संक्रान्ति मेलाको तयारी पुरा भएको छ । मेलाको व्यवस्थापन गर्दै आईरहेको देवघाट क्षेत्र विकास समितिले आज पत्रकार सम्मेलन गरी मेलाको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो । देशको मध्यभागमा पर्ने पवित्र तीर्थस्थल देवघाटले ऐतिहासिक, पौराणिक, साँस्कृतिक एवम् पर्यटकीय महत्व बोकेको…