मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पानी माग्दै कावासोतीमा माईपूजा गरियो

पानी माग्दै कावासोतीमा माईपूजा गरियो


नवलपरासी । लामो समयदेखि पानी नपरेपछि पानी माग्दै नवलपरासीको कावासोतीमा माइपूजा गरिएको छ । 
 
कावासोती नगरपालिका ३ पुरानो कावासोतीका बासिन्दाहरुले मिलेर गाउंको शिरानमा माइपूजा गरेका हुन् । लामो समयदेखि पानी पर्न नसकेपछि नवलपरासीमा किसानहरुले मकै छर्न पाएका छैनन् भने कतै कतै मोटर लगाएर चलाएको पानीमा छरेको मकै पनि सुक्न थालेको छ । 
 
नेपाली समाजमा धार्मिक संस्कारअनुसार पानी नपरे माईपूजा गर्ने, इन्द्रको पूजा गर्ने, भ्यागुताको विवाह गरिदिने प्रचलन रहेको छ । सोहीअनुसार स्थानीयले पानी माग्दै माइपूजा गरेका हुन् ।
 
चैत्रको अन्तिम सातादेखि बैशाखको पहिलो सातासम्म भित्र मकै छरिसक्नु पर्नेमा पानी नपरेको कारण नवलपरासीमा किसानहरुले मकै छर्न पाएका छैनन् । जिल्ला कृषि विकास कार्यालय नवलपरासीले पनि यो खडेरीमा मोटर लगाएर मकै छरे पनि मकै खेती नहुने जनाएको छ । मकै खेती पूर्णतया आकाशे पानीको भरमा गरिने खेती हो । 
 
त्यसैगरी पानी नपरेसँगै धान खेतीका लागि किसानहरु विउ समेत छर्न पाएका छैनन् । बाँझो खेत अर्थात मकै नझर्ने खेतमा धान खेती गर्नका लागि वैशाखको दोस्रो साताबाट किसानहरु धानको विउ छर्न थाल्दछन् ।