काठमाडौँ, १२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई–मधेसको समस्या राजनीतिक सम्बोधनबाटै समाधान हुने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मासहितको टोलीसँगको भेटमा उहाँले तराई–मधेसमा भइरहेको आन्दोलन राजनीतिक तहबाटै समाधान गर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले आयोगले बेलाबेलामा गरेका सिफारिस कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै आयोगलाई आगामी…