मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

शवपरीक्षण गर्न घाटबाट लास फिर्ता !

शवपरीक्षण गर्न घाटबाट लास फिर्ता !


दमक । झापाको गौरादहमा दाहसंस्कारका लागि घाट लगिएको लास प्रहरीले फर्काएर शवपरीक्षण गराएको छ । 
 
गौरादह नगरपालिका–२ स्थित बजारमा भाँडा पसल चलाएर बसेका ५४ वर्षे केशव थापाको शव प्रहरीले बिहीबार घाटबाट उठाएर शवपरीक्षणपछि परिवारलाई जिम्मा लगाएको हो । 
 
इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले विष सेवनबाट मृत्यु भएका थापाको आवश्यक कानुनी प्रक्रिया नपु¥याई शव अन्त्येष्टि गर्न लगिएपछि प्रहरीले लास घाटबाट नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया पूरा गरी परिवारलाई जिम्मा दिइएको बताए । 
 
गाउँलेले थापाको शव गौरादह पूर्वको किस्नेघाटमा दाहसंस्कारका लागि लगेका थिए । चितामा राख्न लागेको अवस्थामा सो लास प्रहरीले घाटबाट फर्काएर ५० किलोमिटर पूर्व सदरमुकाम चन्द्रगढीस्थित अञ्चल अस्पतालमा लगेका थिए । 
 
दुई दिनअघि थापा विष सेवन गरी सिकिस्त भएका थिए । दमकको लाइफलाइन अस्पतालमा उपचार गर्दा सञ्चो नभएपछि घर लगिएका उनको बिहीबार दिउँसो मृत्यु भएको थियो । रासस