मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

डढेल्धुरामा आगलागी, नियन्त्रणमा आउन सकेन

डढेल्धुरामा आगलागी, नियन्त्रणमा आउन सकेन


दीपायल । डडेल्धुरामा आज बिहान ७ बजेदेखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन । डडेल्धुराको बागबजारमा बिहान एक्कासि लागेको आगोलाई नियन्त्रणमा लिन प्रहरी, सेना र स्थानीयवासीको सक्रियता भए तापनि नियन्त्रणमा आउन सकेको छैन । 
 
अमरगढी नगरपालिकाको दमकल बिग्रेका कारण विहान करिब ८ बजेर १० मिनेटमा मात्रै दीपायलबाट दमकल हिँडेको दीपायल सिल्गढी नगरपालिकाका लेखा अधिकृत रमेश जोशीले जानकारी दिए । 
 
जोशीले डडेल्धुराबाट खबर नै ढिला आएपछि दमकल पठाउन ढिला भएको बताए । बिहान ७ बजे बागबजारको गुड्डी पसलबाट सल्केको आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन । 
 
एकपछि अर्को पसल जल्ने क्रम भइरहेको डडेल्धुराबाट स्थानीयवासी आकाश उपाध्यायले जानकारी दिनुभएको छ । अहिलेसम्म आगो नियन्त्रणमा नआउँदा ठूलो क्षति भइरहेको छ । बागबजारमा भएका पसललाई खाली गर्ने क्रम जारी रहेको र सिल्गढीबाट हिँडेको दमकल आधीबाटोसम्म मात्र पुगेको र सो नपुग्दासम्म आगो नियन्त्रणमा लिन नसकिने स्थानीयवासी आकास उपाध्यायले राससलाई जानकारी दिनुभयो । 
 
आगो निभाउने क्रममा नेपाली सेनाका तीनजना जवान पनि घाइते भई उपक्षेत्रीय अस्पताल डडेल्धुरा पठाइएको छ भने आगो झन्झन् फैलिरहेको बताइएको छ । रासस