काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हामी भारत र चीनसँग सन्तुलित सम्बन्ध राख्न चाहन्छौँ र दुवै ठूला छिमेकीबाट लाभान्वित हुन चाहन्छौँ तर कुनै राष्ट्रविरुद्ध अर्को राष्ट्रलाई कार्डका रुपमा प्रयोग गर्न चाहँदैनौँ भन्नुभएको छ । प्रधानमन्त्री ओलीले आज व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकलाई चैत ७ गतेदेखि हुने आफ्नो चीन भ्रमणबारे जानकारी दिँदै…