कावासोती, २७ मङ्सिर । शान्तिका दूत गौतम बुद्धको अस्तुधातु रहेको स्थल रामग्राममा आगामी चैत पूर्णिमामा बौद्धभिक्षु सम्मेलन गरिने भएको छ । गौतम बुद्धको अस्तुधातु बनाइएका प्राचीन बौद्धस्थलमा रहेका भिक्षुलाई रामग्राम स्तूपमा जम्मा गरी सम्मेलन गर्ने तयारीमा स्थानीयवासी जुटेका हुन् । शाक्यमुनि बुद्धको महापरिनिर्वाणपछि उनका अस्तु तत्कालीन शाक्य, कोलिय, बैशाली, मगध, बलिया, उज्जैनलगायत विभिन्न…