मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नौ वर्षपछि लालपुर्जा र नागरिकता हातमा

नौ वर्षपछि लालपुर्जा र नागरिकता हातमा


बाजुरा । बाजुरा जिल्लाको बाह्रबीस गाविसमा रहेको इकडीगाड लघुजलविद्युत् परियोजनाले विद्युत् उत्पादनका लागि राखिएका लालपुर्जा र नागरिकता नौ वर्षपछि सर्वसाधारणले पाएका छन् । 
 
विद्युत् निकाल्न २०६४ मङ्सिर ८ गते राखिएका लालपुर्जा लिलाम हुने अवस्थामा पुगेका थिए । 
 
जिल्ला कृषि विकास बैंकमा राखिएका ११ जना सर्वसाधारणका लालपुर्जाबाट रु आठ लाख ऋण झिकिएको थियो । ब्याज तिर्न नसकी साँवा र ब्याज गरी रु १६ लाख ७६ हजार ५२५ पुगेको थियो । कृषि विकास बैंकमा ऋण तिर्न नसक्दा पटकपटक लिलाम प्रक्रियामा पु¥याएको थियो ।
 
कृषि विकास बैंकले ८० प्रतिशत ब्याज मिनाहा गरेको थियो भने बाँकी रु १० लाख ३५० बैंकमा जम्मा गरेपछि नौ वर्षदेखि बैंकमा रहेका लालपुर्जा र नागरिकता सर्वसाधारणले पाएका छन् । विद्युत् उत्पादन गर्नका लागि रकम कम भएको भन्दै इकडिगाड लघुजलविद्युत् परियोजना र जिल्ला ऊर्जा तथा वातावरण शाखाको पहलमा बैंकबाट ऋण झिक्नका लागि राखिएको थियो । 
 
स्थानीय वीरबहादुर शाही, महा रावत, कृतम सिंह, धीर सिंह, डम्मर सिंह, करे रावललगायत ११ जनाका लालपुर्जा र नागरिकता राखिएको थियो । साँवा र ब्याज तिर्नका लागि निर्वाचन क्षेत्र विकास कोषबाट दिएको रु १० लाखको केही रकमको श्रमदान गरी बचाएको रकम, गाविस र एक घरबाट रु एक हजार सङ्कलन गरेर जम्मा गरेको परियोजनाका अध्यक्ष मीनबहादुर सिंहले बताए ।
 
लामो समयपछि आफ्नो लालपुर्जा र नागरिकता पाउँदा निकै खुसी भएको स्थानीयवासी कृतमबहादुर सिंहले बताए । स्थानीयवासीले लालपुर्जा राखेर बिजुली बाल्न सफल भयाँै र अहिले ऋण तिरेर लालपुर्जासमेत हातमा पायाँै अर्का स्थानीयवासी सर्वजीत शाहीले बताए । 
ब्याज मिनाह र पैसा सङ्कलनका लागि जिल्लास्थित राजनीतिक दल जिल्ला विकास समितिलाई पटकपटक गुहार ग¥यौँ, तर कसैबाट पहल नभएपछि निर्वाचन क्षेत्र विकास कोषबाट सांसद कर्णबहादुर थापाको रु १० लाख परियोजनामा विनियोजन भएपछि लालपुर्जा छुटाउन सहयोग भएको अध्यक्ष सिंहले बताए । 
रु १० लाखमा पाँच लाखको सामान खरिद ग¥यौँ, बाँकी पैसा बराबरको जनताले श्रमदान ग¥यौँ बचेको पैसा कृषिमा तिरेको उनले बताए । जनताको सहयोगबाट शुक्रबार लिलाम प्रक्रिया पुगेका लालपुर्जा र नागरिकता नौ वर्षपछि पाएको भरत नेपालीले बताए । ३० किलोवाट क्षमता भएको विद्युत्बाट तीन सय परिवार लाभान्वित भएका छन् । बिग्रेको नहर र सामान खरिद गरेपछि अहिले विद्युत् सेवा पनि नियमित भएको स्थानीयवासीले बताएका छन् । रासस