मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

गोरु काटेको आरोपमा पाँच पक्राउ

गोरु काटेको आरोपमा पाँच पक्राउ


चितवन (माडी )। गोरु काटेको आरोपमा चितवनको माडीबाट प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । माडीको चितापुलनजिकै सिसौघारीमा काटेर फ्याँकेको गोरु फेला परेको र बुझ्दै जाँदा उनीहरू संलग्न रहेको भन्ने जानकारीका आधारमा बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
 
माडी–३ की सुनिता नेपाली, माडी–४ को १६ वर्षीय सागर नेपाली, सोही ठाउँका १९ वर्षीय शिव नेपाली, माडी–४ का २५ वर्षीय जीवन नेपाली र माडीकै ४५ वर्षीया कोपिला नेपालीलाई पक्राउ गरिएको चितवनका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।
 
उनका अनुसार उनीहरूलाई अहिले थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याइएको छ । पक्राउ परेकालाई गौबध ऐनअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । 
 
गौहत्याको आरोपमा पक्राउ
 
यसैगरी, स्याङ्जाको भीरकोट नगरपालिका–१० गगनडाँडामा गौहत्याको आरोपमा पक्राउ परेका एक पुरुषलाई प्रहरीले सार्वजनिक गरेको छ ।
 
गत सोमबार पाल्नका लागि भनेर लगेको गाईलाई बञ्चरो प्रहार गरी हत्या गर्ने भीरकोट नगरपालिका–१० बस्ने वर्ष ५६ का पदमबहादुर विकलाई वडा प्रहरी कार्यालय वालिङले पक्राउ गरी सार्वजनिक गरेको हो ।
विकले भिरकोट नगरपालिका–२ बस्ने केशव कोइरालाको घरमा रहेको अन्दाजी पाँच वर्षको खैरो रङ्गको गाई पाल्न लैजाने भनी नगद रु ५०० र गाईका लागि चाहिने केही खाद्यान्न लिएको बुझिएको प्रहरी निरीक्षक उत्तमप्रकाश बरालले बताए । 
 
गाईको परीक्षण गरी पुरिएको र निज पदमबहादुर विकलाई जिल्ला अदालत स्याङ्जाबाट छ दिनको म्याद थप गरी अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ । मुलुकी ऐन चौपायाको महलको दफा ११ मा जानी जानी गाई गोरु मार्नेलाई १२ वर्ष र मार्नका लागि वचन दिनेलाई छ वर्षको कैद सजायको व्यवस्था रहेको छ । रासस