काँग्रेस निर्वाचन : खुल्लातर्फ २७५० र प्रदेशतर्फ १४०० मतगणना

काठमाडौ । नेपाली काँग्रेसमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनको खुल्ला केन्द्रीय सदस्यको दुई हजार ७५० र प्रदेश केन्द्रीय सदस्यतर्फ एक हजार ४०० मतगणना सम्पन्न भएको छ ।   आइतबार साँझसम्म सम्पन्न उक्त मतगणनाअनुसार खुल्ला २५ केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिनुभएकामध्ये डा शेखर कोइराला १६१५, खुमबहादुर खड्का १६०८, प्रकाशमान सिंह १५७५, प्रदीप पौडेल १५०६, कुलबहादुर गुरुङ…