मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपाल बन्दमा प्रहरीको निःशुल्क बस सेवा

नेपाल बन्दमा प्रहरीको निःशुल्क बस सेवा


काठमाडौँ । नेपाल प्रहरीले बिहीबारको नेपालबन्दलाई मध्यनजर गर्दै उपत्यकामा निःशुल्क बस सञ्चालन गरेको छ । 
 
नेकपा माओवादीले गरेको बन्दले यात्रुलाई सास्ती भएपछि प्रहरीले दुई वटा बस निःशुल्क सञ्ंचालन गरी सेवा प्रदान गरेको हो । बस बिहान १० देखि ५ बजेसम्म सञ्चालन हुनेछ । 
 
उक्त बसहरु नक्साल, मैतीदेवी, गौशाला, कोटेश्वर, तीनकुने, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, सहिदगेट, लैनचौर, लाजिम्पाट, नारायणगोपाल चोक, बालुवाटार हुँदै नक्साल र अर्को बस नक्साल, पुतलीसडक, माइतीघर, कुपण्डोल, पुल्चोक, जाउलाखेल, एकान्तकुन्ना, कलङ्की, कालिमाटी, त्रिपुरेश्वर, सहिदगेट, रत्नपार्क, दरबारमार्ग हुँदै नक्सालसम्म सञ्चालन गरिएको बताइएको छ । 
 
बन्दमा ६७ पक्राउ 
यसैबीच बन्दका क्रममा तोडफोड तथा आगजनी गर्ने र बन्द गराउँदै हिँड्ने काठमाडौँबाट २८, ललितपुरबाट १४, भक्तपुरबाट तीन, कास्कीबाट आठ, चितवनबाट एक, कालीकोटबाट १० र सुनसरीमा तीन गरी ६७ जनालाई प्रहरीले पक्राउ गरेको छ । 
 
काठमाडौँको तीनकुने मुनिभैरव नजिक बा१ज ८२०६ नंको ट्याक्सीमा कलङ्की जान्छु भनी चढेका दुई जना अपरिचित व्यक्तिले ट्याक्सी रोकी पेट्रोल छर्केर आगजनी गर्दा ट्याक्सीको भित्रिभाग पूर्णरुपमा जल्नुका साथै सबै सिसा फुटेर क्षति भएको छ भने तार्केश्वर नगरपालिका–२० मनमैजुमा बा१ज ८१३० नंको माइक्रोबसमा ढुङ्गा प्रहार गर्दा अगाडि र साइडको सिसा क्षति भएको छ । 
 
बन्दकर्ताले त्रिपुरेश्वरमा बा३ख २२२७ नंको साझा बसमा ढुङ्गा प्रहार गर्दा अगाडिको शिशा फुटेर क्षति भएको प्रहरीले जनाएको छ । 
 
यसैगरी सुनसरीमा ना५ख २७१२ र ना४ख ७४०६ नंको रात्रि बस, चितवनमा ना५ख १८२९, ना५ख ६२८८ र मे१ख २२२२ नंको बस, झापा शान्तिनगर–१ स्थित मेची राजमार्गमा ना३ख ४६७१ नंको गोलिया बोकेको ट्रकमा र पोखराबाट इलाम पशुपतिनगरतर्फ पर्यटक बोकी जाँदै गरेको ग१प १७२ नंको बसमा ढुङ्गा प्रहार गर्दा क्षति भएको प्रहरीले जनाएको छ । रासस