सुरुङ्गा (झापा), १६ मङ्सिर । जिल्ला अदालत झापाले पत्रकार रेजिना रोदन र पत्रकार महासङ्घ झापाका कार्यालय सचिव खेम बरालमाथि आक्रमणमा संलग्नलाई पाँच–पाँच वर्ष कैदको फैसला गरेको छ । न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासले आक्रमणमा संलग्न अमन भनिने अर्जुन सुब्बा र विनायक मानन्धरलाई पाँच–पाँच वर्षको कैद फैसला गरेको अदालतका स्रेस्तेदार नवराज आचार्यले जानकारी दिनुभयो । पत्रकारद्वयमाथि आक्रमणमा…