मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मानवअधिकार चलचित्र महोत्सव सुरु

मानवअधिकार चलचित्र महोत्सव सुरु


काठमाडौँ । चलचित्रलाई व्यक्तिको बाँच्न पाउने अधिकार संरक्षण गर्न सामाजिक र सांस्कृतिक परिवर्तनको अभियानका रुपमा विकास गर्नुपर्ने उद्देश्यका साथ नेपालमा तीनदिने चौथो नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शुक्रबारदेखि सुरु भएको छ । 
 
मानवअधिकार चलचित्र केन्द्रको आयोजनामा आजदेखि ३० गतेसम्म ललितपुरको स्टाफ कलेजमा सञ्चालन हुँदैछ । महोत्सवमा उत्पीडित, न्यायको अनुभूति गर्न नपाएका समुदायको आवाज मुखरित गर्न नसकेको परिपे्रक्ष्यमा विश्वभरि निर्माण गरिएका चलचित्रको प्रदर्शनी गरिने बताइएको छ ।
 
महोत्सवका निर्देशक पाण्डव खत्री पौडेलले मानिसले सम्मानपूर्वक, समान व्यवहार पाएर बाँच्न पाउनुपर्छ भन्ने मान्यता बोकेर निर्माण गरिएका चलचित्र महोत्सवमा प्रदर्शन गरिने जानकारी दिए । महोत्सवमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, इजरायल, इरान, इराक, अष्ट्रेलिया, कम्बोडिया, अमेरिकालगायतका १३ देशका ३२ वटा चलचित्र प्रदर्शनी गरिने आयोजकले जनाएको छ । 
 
यीमध्ये प्रतियोगितातर्फ पाँचवटा नेपाली चलचित्रसहित ३२ वटा चलचित्र रहनेछन् ।  
 
त्यसैगरी नेपाल कर्नरअन्तर्गत चारवटा र ‘अतितका आँखा’अन्तर्गत मोहन मैनालीको जोगीमाराका जिउँदा र धु्रव बस्नेतको ‘रक्ताम्य गरा’ प्रदर्शन गरिने छन् । 
 
पोडेलका अनुसार विशेष प्रदर्शनीमा पाकिस्तान, बङ्गलादेश, माल्दिभ्स, र श्रीलङ्काका चलचित्र प्रदर्शन गरिने छन् ।
 
स्वास्थ्यकर्मीको भेला 
 
स्वास्थ्यकर्मीको पदस्थापना, जोखिम भत्ता, स्वास्थ्यकर्मीलाई अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गर्नुपर्नेलगायतका विषयमा छलफल गर्र्ने उद्देश्यका साथ नेपाल स्वास्थ्यकर्मी सङ्घको दोस्रो राष्ट्रिय भेला सुरु भएको छ । 
 
सङ्घका सहअध्यक्ष ओमप्रसाद उपाध्यायका अनुसार स्वास्थ्यकर्मीलाई स्वदेशी तथा वैदेशिक तालिमको अवसर, सामाजिक सुरक्षाको सुनिश्चितालगायतका विषयमा पनि सरकारलाई कसरी ध्यानाकर्षण गराउने भन्ने विषयमा ७० जिल्लाबाट आएका तीन सयभन्दा बढी स्वास्थ्यकर्मीबीच  छलफल हुनेछ । रासस