वालिङ । अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको आतङ्ककारी हमलामा ज्यान गुमाएका सुकबहादुर गुरुङको शोकको खबरले कल्स्याङ्दी गाउँ शोकमा डुबेको छ । स्याङ्जाको कोल्मा–५ कल्स्याङदीका गुरुङ चार महिनाअघि मात्रै सुरक्षा गार्डका रूपमा अफगानिस्तानमा कार्यरत थिए । ‘विगत ९ वर्षदेखि काबुलमा सुरक्षा गार्डकारूपमा कार्यरत हुनुहुन्थ्यो’, मृतकका साला दुर्गा खरेलले भने, ‘४३ वर्षीय भिनाजुको बम विस्फोटमा परी…