इटहरी । विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको ना३ख ३९२२ नंको ट्रकको ठक्करबाट गम्भीर घाइते भएका साइकलयात्री इटहरी–१० खनारका बब्लु साहको मृत्यु भएको छ ।
उनको बिहीबार बिहान ६ बजे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
साइकलयात्री साहलाई ठक्कर दिने ट्रक र चालकलाई आवश्यक कानुनी कारबाहीका लागि बुधबार प्रहरी चौकी खनारले नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । रासस
प्रतिक्रिया