मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

तीनतले घरमा आगलागीबाट करोडौँको क्षति

तीनतले घरमा आगलागीबाट करोडौँको क्षति


मुगु । बिहीबार बिहान ९ बजे जिल्ला सदरमुकामस्थित एक घरमा आगलागी हुँदा तीन तलाको घर तथा घरका सरसामान जलेर खरानी भएको छ । कार्कीवाडा गाविस–२ भामबाडाका हस्तबहादुर भामको तीनतले घरमा विद्युत् सर्ट हुँदा आगलागी भएको हो ।
 
आगो स्थानीय, प्रहरी र नेपाली सेनाको अथक प्रयासपछि नियन्त्रणमा आए पनि घरलगायत अन्य सम्पत्ति जलेर नष्ट भएको छ । घरको तेस्रो तलाबाट आगो दन्केको प्रत्यक्षदर्शीहरु बताउँछन् । तेस्रो तला श्रीनगर–२ घर भएका खड्कबहादुर मल्लको परिवारले बहालमा लिएका थिए । उनको सरसामान,लत्ताकपडा, गरगहनालगायत चल अचल गरी करिब रु दुइ करोडको सम्पत्ति जलेर नष्ट भएको छ ।  रासस

शेयर गर्नुहोस:

0
Shares