मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पहिरो प्रभावित क्षेत्रमा राहत सामग्री पु¥याउन कठिनाइ

पहिरो प्रभावित क्षेत्रमा राहत सामग्री पु¥याउन कठिनाइ


प्यूठान । वर्षासँगैको पहिरोका कारण ग्रमीण सडक अवरुद्ध हुँदा बाढीपहिरो प्रभावित क्षेत्रमा राहत सामग्री पु¥याउन कठिनाइ भएको छ । 
 
जिल्ला दैवी प्रकोप उद्धार समितिले प्रभावित क्षेत्र फोप्ली गाविसमा राहत पु¥याउन नेपाली सेनाको सहयोग लिए पनि झन्डै पाँच घन्टा पैदल हिँड्नु पर्ने भएपछि समयमै राहत पु¥याउन  कठिनाइ भएको हो ।
 
राहत सामग्री ढुवानी गर्न फोप्ली गाविसमा नेपाली सेना र नेपाल प्रहरीले हेलिप्याड निर्माण गरेपनि केन्द्रबाट हेलिकोप्टर नपठाउँदा राहत सामग्री पु¥याउन समस्या भएको प्रहरी नायब उपरीक्षक रञ्जीतसिंह राठोरले बताए । 
 
प्यूठानमा बाढीपहिरोका कारण ३८ जनाको मृत्यु  तथा झण्डै ३०० घर परिवार विस्थापित भएका छन् । पहिरोमा परी मृत्यु भएकाको आफन्त र विस्थापित भएका व्यक्तिलाई खानेपानी, स्वास्थ्य सेवा तथा बसोबासको समस्या देखिएको फोप्लीका स्थानीयबासिन्दा तथा उद्धार तथा राहत वितरणमा खटिएका नेपाली काँग्रेस प्यूठानका कोषाध्यक्ष धनेश्वर भण्डारीले बताए । 
 
प्रजिअ जनकराज पन्तले पीडित परिवारकालागि तत्कालीन रुपमा रु आठ÷आठ हजार राहत वितरण गरिएको बताए । रासस