चितवन, ४ फागुन । नेपाली कांग्रेस चितवनको सभापतिमा जितनारायण श्रेष्ठ निर्वाचित भएका छन् । सोमबार भएको दोस्रो चरणको निर्वाचनमा ५०१ मत प्राप्त गरी श्रेष्ठ जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी दिनेश कोइरालाले ३३७ मत प्राप्त गरेका थिए । सम्भवत सभापतिमा निर्वाचित श्रेष्ठ कांग्रेसको जिल्ला सभापतिमा सबैभन्दा कम उमेरका हुन् ।…