मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनकुटा बस दुर्घटनामा मर्नेको सङ्ख्या १५ पुग्यो

धनकुटा बस दुर्घटनामा मर्नेको सङ्ख्या १५ पुग्यो


धनकुटा । धनकुटाको सिधुवामा बिहीबार भएको यात्रु बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ । 
 
विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारत धरान–१७ का चेतबहादुर मगरको बिहप्बार राति मृत्यु भएसँगै मृतकको सङ्ख्या १५ पुगेको हो । 
 
सङ्खुवासभाको मुढेसनिश्चरेबाट धरान जाँदै गरेको बा २ ख ७३६६ नं बस ब्रेक फेल भएर सिधुवामा दुर्घटना हुँदा पूर्वअर्थ राज्यमन्त्री हरिराज खेवासहित सात जनाको घटनास्थलमै मृत्यु भएको थियो भने आठ जनाको उपचारका क्रममा मृत्यु भएको हो । 
 
घटनास्थलमै मृत्यु भएका एक र उपचारका क्रममा मृत्यु भएका एक गरी दुई पुरुषको सनाखत हुन बाँकी छ । दुर्घटनामा घाइते भएका २९ जनाको धरान र पाँच जनाको विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस