मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नवलपरासीका तीन गाविस उच्च जोखिममा

नवलपरासीका तीन गाविस उच्च जोखिममा


नवलपरासी । नवलपरासीको गण्डक क्षेत्रमा पानी गाउँ पस्ने खतरा बढेपछि तत्कालै गण्डक क्षेत्रमा तीन गाउँ विकास समिति उच्च जोखिममा परेका छन् । 
 
नवलपरासीको नर्सहीमा रहेको ठोकर नम्बर १३ र पक्लिहवाको ठोकर नम्बर ३ ठोकरको स्परहरु (ब्लक) नारायणी नदीले बगाएपछि जोखिम बढेको हो । नारायणी नदीले ठोकरको स्पर (ब्लक) बगाएपछि नारायणी नदी कमजोर अवस्थामा रहेको ठोकर क्षेत्रबाट गाउँ पस्ने सम्भावना प्रबल देखिएपछि गण्डक नहरमा जोडिएका तीन गाविस उच्च जोखिममा परेका हुन् । 
 
गण्डक क्षेत्र र नारायणी नदीसँगै जोडिएर रहेका पक्लिहवा, नर्सही र कुडियाका गाविस उच्च जोखिममा छन् । नारायणी नदीमा खतराको सङ्केतभन्दा बढी मात्रामा नदीमा पानीको बहाव बढेपछि जोखिम झन् बढेको हो । नारायणी नदीमा पानीको चाप अहिले पनि कायमै छ । नारायणी नदीको पछिल्लो मापनअनुसार पानीको सतह १०.३० मिटर मापन गरिसकिएको छ । जबकी ८.४ मिटर हुँदा नै नारायणी नदी क्षेत्रमा पूर्णरुपमा खतराको सङ्केत दिइन्छ । 
 
गण्डक क्षेत्रमा आवश्यक उद्धार तथा सहयोग गर्न तीनवटै क्षेत्रका सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी महादेव पन्थको भनाइ छ । नारायणी नदीमा अहिले पनि पानीको बहाव बढ्दो छ । नदीमा यस वर्षकै सबैभन्दा बढी पानी मापन गरिएको छ जुन तीन लाख २५ हजार क्युसेक रहेको छ । रासस