सपना नै सही त्यो खोलाको पानीमा खुट्टा चोबल्दै अंजुली भरेर मुखमा छ्याप्दै नदी किनारमा बालुवाले नाम लेख्दै फेरि मेट्दै जंगलको सेपमा लुकामारी खेल्दै झ्याउँकिरीले भंग गर्ने मौनता नियाल्दै भदौरे किरा उडाउँदै बुटा बुटा नियाल्दै हिंड्ने बेढंगी मान्छे आवारा, बेहोसी, बिद्रोही झुसे दारी र चायाले ढाकेको कपाल छोपेर हिँड्ने त्यो एक्लो मान्छे – मै थिएँ…