मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

७२की संविधान: कमल अधिकारी

७२की संविधान: कमल अधिकारी


७२की संविधान
 
आफ्नै भेष, आफ्नै भाषा, आफ्नै छ स्वाभिमान।
आफ्नै देश, आफ्नै गर्व, आफ्नै छ पहिचान।
आफ्नै स्वर्गसरि भूमी, आफ्नै छ कानून- बिधान।
मुटुदेखि स्बागत छ, ७२की संविधान।।
 
तिम्रा आफ्नै बेदना छन्, झन् प्रशवमा रोयौ कति। 
प्रतिक्षामा ब्याकुल भाव, हाम्रा आफ्नै पोखौ कति?
प्रत्येक घटनाका उद्देश्य छन्, आफ्नै काल चक्र गति।
तिमी पाउनुमा छ हाम्रो, शान गर्व भए जति।
 
हर्षोल्ल्षको सीमा छैन, तिमीलाई हामीले पा'को दिन।
ईतिहासमा एकै पटक आउने तिमी अद् भुत दिन।
हात फैलाइ प्रेमिकाको आगमनमा रमाए जस्तै,
स्वागत छ तिमीलाई, अव्यक्त भाव यस्तै यस्तै।
 
बडा घरका हामी कयन् दिदी-बहिनी दाजु-भाइ।
एकजुट राख्न सक कोहि छैन काख-पराई।
साझा हाम्रो एक घर, यो भन्दा केहि प्यारो छ र?
एकता भन्दा अन्य कुनै, विश्वास अझ दर्हो छ र?
 
संसारको कुनै रीत कहि छैन जो एकै रहोस्।
परिवर्तन अवश्यम्भावी, समय सापेक्ष हुन पुगोस्।
जन्मनु एक निरन्तरता, तिम्रो आयू जूगौं जियोस्।
नेपालीको मूलमन्त्र, प्रगतिको कडि बनोस्।
 
तिमीलाइ साक्षीराखि, हामी सबै अगि बढ्छौं।
तिम्रा खातिर वलिदान दिनेलाई, हामी सधैं नमन गर्छौं।
कर्मविना हुन्न जीबन, प्रगतिको शिखर चुम्न।
भविष्यको उज्यालोमा रम्दै, आफ्नो प्यारो विगत भूल्न।
 
२०७२। ०६।०२
सेप्टेम्वर २०, २०१५
ओक्लाहोमा।