ड्यालस (अमेरिका) । नेपाली समाज टेक्ससको आयोजनामा प्रवासमा नेपाली भाषाको पाठ्यक्रमका विषयमा आयोजित वृहद अन्तरकृया गोष्ठी आइतबार सम्पन्न भएको छ । नेपाल बाहिर नेपालीमुलका बालबालिकाहरुका लागि बिभिन्न संघसंस्थाहरुले पढाउने पाठ्यक्रमलाई समयानुकुल सुधार गर्ने र एकरुपता तयार गर्ने उद्वेश्यले गोष्ठी आयोजना गरिएको थियो । गोष्ठीमा पाठ्यक्रमलाई समायानुकुल सुधार गर्दै अमेरिकी विद्यालयको पाठ्यक्रमसँग पनि समायोजन हुने गरि…