मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

म पुरै निभेको छु दिदी…….. गजल – “भाई टिका”

म पुरै निभेको छु दिदी…….. गजल – “भाई टिका”


दिदी, 
त्यहाँ मखमली फुलेका होलान ? म यहाँ ओईलाएको छु, सबैतिर झिलमिली होला ? 
म पुरै निभेको छु दिदी !! सबैले गलामा सयपत्री र मखमली झुड्याएर हिडेका होलान ? 
म परिचय पत्र झुड्याएर ड्युटी जादैछु दिदी  !गाउँ, गाउँमा मादल घन्केको हुदोहो ? 
साथिभाईहरु देउसी भैलो खेल्न जाने तयारी गर्दै होलान ? म ड्युटी जाने तयारी गर्दै छु दिदी !!
रहरहरु ओख्खर जस्तै फुटे !!
 
त्यसैले 
भन्न मन लाग्छ दिदी ,
संगै बसी पोहोर साल हाम्ले टिका लाउदा दिदी ।
सम्झनाले सताई रा'छ भाईटिका आउदा दिदी ।
यो साल त यस्तै भयो अर्को साल नि आउदीन म 
मिल्यो भने तिरहत्तर (७३)को भाईटीकामा आउला दिदी ।।
 
नरुनु है यो तिहारमा सम्झियर प्रदेशी भाई
बाचे भने फेरी पनि संगै टिका लाउला दिदी ।।
सप्तरंगी टिका अनि सयपत्री मालासंगै , 
देउसी भैलो खेल्न संगै गाउघर तिर जाउला दिदी ।। 
 
सम्झनाले सताई रा'छ भाईटिका आउदा दिदी । 
बाचे भने फेरी पनि संगै टिका लाउला दिदी ।।