शिवलिङ्ग र शिव: सृष्टिदेखि मोक्षसम्मको यात्रा

बीजदेखि ब्रह्मसम्मको जीवन-यात्रालाई बुझ्न तपशिलका दुई मौलिक प्रश्नहरूमाथि उत्तर खोज्नु आवश्यक देखिन्छ: - म कहाँबाट आएको हुँ ? र - म कहाँ पुग्नुपर्छ ? यी प्रश्नहरु केवल आध्यात्मिक चिन्तन-मननका विषय मात्र होइनन्; यी त आत्म-अन्वेषणका मूल आधार पनि हुन्। सनातन दर्शनले यी दुवै  प्रश्नहरुको उत्तर शिव-तत्त्वमा देखाउँछ। शिव-तत्त्व को न आदि छ, न अन्त्य। यो…