विचार / ब्लग

समयको हस्ताक्षर : बालेन एक्लै उक्लिनु पर्थ्यो

समयको हस्ताक्षर : बालेन एक्लै उक्लिनु पर्थ्यो


शेयर गर्नुहोस:

216
Shares

  • change font
  • change font

म विराटनगरमा २०३९/४० सालतिर बसेँ । २०३७/३८ सालमा पनि आइन्थो गइन्थ्यो । त्यतिखेर मैले एकजना पत्रकारको काम गराइ र हाउभाउ खुवै हेर्थें । मलाई त्यस्तै गरी यताउता गर्न र लेख्न पढन मन लाग्थ्यो ।

२०३२ सालमा एकचोटी विराटनगर काठमाडौ विमानमा टाइम्स अफ इन्डियाका ख्याति प्राप्त पत्रकार ः मार्भिन कर्भ संयोगवश मसँगैको सिटमा पर्नुभयो । ४५ मिनेट उहाँसँग लेखनकलाको विषय यति कुरा सिकेँ कि त्यसले अझै काम गर्दैछ, म हत्तपत्त कुराहरू विर्सन्न । त्यसैले नेपालका राजनीतिमा आफू संलग्न भएका या नभएका थुप्रै घटनाहरू, दुर्घटनाहरू झल्झली सम्झन्छु ।

Advertisement

लगभग २५ वर्ष अमेरिका बसेँ, तर आँखाचाहिँ नेपालमै थियो । कसैले होच्याएर बोल्यो या भाउ दिएन भने त्ससलाई म दोहऱ्याएर नभेटने कारण नै म राजनीति गर्न नसक्नेमा परेको हुँ ।
राजनीतिको विश्लेषण र लेखहरू मैले २०४० को दशकदेखि साप्ताहिक विमर्शलगायत विभिन्न पत्रपत्रिकामा नेपाली र अङ्ग्रेजी दुवै भाषामा यदकदा लेखिरहन्थेँ । मलाई स्वाभिमानको किराले हरदम टोकिरह्यो त्ससैले होला, म बिलाएजस्तो देखिएको हुँ ।

खैर मैले अघि भन्न खोजेका त्यसबेला विराटनगरका पत्रकार खिलध्वज थापाजी हुनुहुन्छ । र, उहांँले मलाई लामो नलेख्न सुझाव दिनु भएकोले भरसक सानोमा यो लेख सक्ने छु ।

अस्ति भूतपूर्व उपराष्ट्रपति परमानन्द झाले भन्नुभयो– ‘बालेनलाई आफू मधेसी भन्न लाज लाग्छ ।’ यो एकदम गलत कुरा हो , नेपाल डुबाउने यिनै परमानन्दजस्ता मानसिकता भएका मान्छे हुन् । किन मधेस, पहाड भन्नु पऱ्यो हाम्रो पहिचानमा नेपाली हुनु हो । चाहे त्यो मधेसको होस् कि पहाडको हो हामी सबै नेपाली हौँ ।

भन्न त नेपाल डुबाउने बाहुनहरू हो भन्छन्, त्यो केही हदसम्म सही पनि हो । त्ससको मतलव सबै बाहुनलाई गाली गर्ने ? यो त संयोग हो । म पनि बाहुन हुँ, नराम्रो लाग्छ । यो विभाजनको राजनीति तुरुन्त बन्द हुनुपर्छ । जनजातिको कुरा उठाएर सिङ्ग भिडाउनु भनेको अमेरिकामा काला–गोरा, क्याथोलिक, प्रोसेसटेन्ट भनेजस्तै हो । यो रोग हो । जुन कुरा अमेरिकामा ट्रम्पले गर्दैछन्, त्यही कुरा हर्क साम्पाङ जस्ताले यता नेपालमा पनि गर्दैछन् । उता सुस्तामा भारतसँग लडेर नेपालको रक्षा गर्नेको हुन् ? छाला र भाषाको उच्चारणले भेदभाव गर्ने हामी कुन दर्जाको नेपाली हौँ ?

अब लागौँ भन्न खोजेको कुरातर्फ । बालेनले रास्वपामा जानु ठूलो भूल हो । यो कुरा लेखेर राखे हुन्छ । बालेनको छवि र योग्यता र त्यो पार्टी हाँक्ने भनेका व्यक्तिको योग्यता दाँज्यो भने आफैँ थाहा हुन्छ । जुन व्यक्तिगत लोकप्रियताको मानक बालेनले स्थापित गरे, त्ससको लागि उनलाई कुनै पार्टीको वैशाखी समाउनुपर्ने आवश्यकता थिएन र छैन पनि । किन बालेनले रास्वपाको वैशाखी समाए म छक्क पर्छु । रास्वपामा बालेन जोडिनुअघि घरभेटीले भाडा तिर्न नसकेको भनेर घरखाली गर भनेको होइन ?

के हैसियत थियो बालेन आउनुअघि रास्वपा को ? त्यो त डामिएको साँडे देखाएर चटक गर्ने पार्टीबाहेक केही थिएन । अस्ति एक राजनैतिक विज्ञले यतै टिभीमा भने– ‘जनताले कसैलाई कुनै पार्टीको अनुहार हेरेर भोट दिएका होइनन् । भोट सबैले बालेनलाई दिएका हुन् ।’ बालेनको लोकप्रियतालाई क्षेत्रमा विभाजन गर्नु भनेको विभाजनको राजनीति गर्नु हो ।

मलाई के लाग्छ भने बालेनले हतार नगरी आफ्नो छविअनुसारको एउटा टिम बनाउनु पर्थ्यो । तर, आज के हुँदैछ ? गटरबाट झिकेर रास्वपाले सुनपानी छर्केर चोख्याउने काम गर्दैछ । न्यायपालिकामा आफूअनुकूलका मान्छेहरू भर्ना गरेर डामिएको व्यक्तिलाई उम्क्याउने कोसिस गर्दैछ ।

छोटकरीमा भन्दा बालेनले आफ्नो नियति भिमसेन थापाको जस्तो नहोस भन्नाको लागि स्वच्छ विज्ञहरू जम्मा गरेर हालका रास्वपाभित्र भएका र बाहिरकालाई एकठाउँमा जम्मा गरेर ‘नयाँ युग’ पार्टीबाट राजनीतिको आगामी यात्रा सुरू गर्नुपर्थ्यो । बालेन शिखरमा आफ्नो बलमा उभिनुपर्थ्यो । कठिन छ, तर असम्भव थिएन ।

एउटा ठूलो गल्ती भयो । लोकप्रियतालाई सही ठाउँमा उपयोग गर्न सकेनन् । डराए, म एक्लै पर्छु भनेर, त्यो डराउनु पर्ने अवस्था थिएन ।