केही समयअघि कवि रमेश गुरुङको कविता सङ्ग्रह महाप्रस्थानसँग मेरो एउटा अप्रत्याशित र भावनात्मक संयोगबाट भेट भयो। अमेरिकी-नेपालीहरूको संस्था एएनएमा सँगै सामाजिक सहकार्यबाट परिचित हुँदै गहिरिएको हाम्रो आत्मीयता पछिल्लो २/३ वर्षदेखि आ-आफ्नै व्यस्तताले पातलिएको थियो। एक दिन अग्रज मित्र रमेश गुरुङले अचानक म्यासेन्जरमा मेरो घरको ठेगाना सोध्नुभयो। मैले पनि किन, कसो केही नसोधी ठेगाना लेखिदिएँ। उहाँले…