विचार / ब्लग

न्यूयोर्कको यो एकता दीगो बन्नुपर्छ

न्यूयोर्कको यो एकता दीगो बन्नुपर्छ

- कृष्ण आचार्य

– कृष्ण आचार्य, न्युयोर्क

शेयर गर्नुहोस:

216
Shares

  • change font
  • change font

“नेपाली समुदाय सँधै झगडा गर्दछन”, “राजनीतिमात्र गर्छन, उनीहरु समुदायको भन्दापनि व्यक्तिगत हित र पदलोलुपतामा विस्वास गर्छन”

यस्तै भाष्य पछिल्लो समय नेपाली डायस्पोरामा व्याप्त थियो । हुनपनि नेपाली समुदाय विदेशमापनि कतिपय मुद्धामा विभाजित नै देखिन्थ्यो । संघ संस्थाहरुको अवस्थापनि त्यस्तै छ । न्युयोर्कमात्र होइन, टेक्सस देखि क्यालिफोर्निया वा बोष्टनदेखि नर्थ क्यारोलाइना सबै स्थानमा नेपाली समुदायमा बाहिरबाट हेर्दा विभाजन देखिन्छ ।

Advertisement

अनेक संगठन अनि कयौं समितिहरुमापनि राजनीति तथा वैमनस्यता । तर बाहिरबाट विभाजित देखिने नेपाली समुदाय, नेपाली समुदायलाई मर्का परेकोबेला एकजुट भएर समुदायको हितमा कार्य गरेका कैयन उदाहरणपनि छन । समाजमा सकारात्मकता भन्दा नकारात्मकता धेरै फैलिने हुंदापनि नेपाली समुदायमा हुने गरेका सकारात्मकताको चर्चा कम हुने गरेको देखिन्छ ।

यतिबेला हामी चर्चा गर्दैछौं न्युयोर्कको नेपाली समुदायमा भइरहेका ऐतिहासिक एकता तथा ऐक्यबद्धताको नमुनाका बारेमा । सायद अमेरिकामा रहेका नेपालीहरुका अत्यधिक संस्थाहरु न्युयोर्कमा छन ।

राजनीतिक, भेगीय, तथा जातीय अनि नेपालीहरुका धार्मिक विभिन्न संस्थाहरु सक्रीय छन । उनीहरुविचमा एक किसिमको बेमेल जस्तो देखिएपनि एकतापनि लोभलाग्दो छ । समुदायलाई परेको बेला संघसंस्थाहरुमा सहयोगको प्रतिष्पर्धा नै हुने गरेको छ । त्यसको नतिजा सकारात्मक नै हुने गरेको छ । नेपालीहरु विभाजितपजि छन तर परिआएको खण्डमा एकजुटपनि छन ।

न्युयोर्कका नेपालीमा ऐतिहासिक एकता ! नेपाल डे परेड ऐतिहासिक हुंदै

पछिल्लो समयमा न्युयोर्कको नेपाली समुदायमा एक किसीमको अभुतपूर्व एकता देखिएको छ । विगतमा नेपाल आदिवासी जनजाती महासंघ र नेपाल डे परेडको संस्थापनपक्षविच एककिसीमको अस्तीत्वको लडाई देखिंदै आएको थियो । एनआरएनए न्युयोर्क च्याप्टरले पहल गर्दापनि वैमनस्यता देखिदै आएको थियो ।

यो विवाद केही बर्षदेखि मात्र होइन, झण्डै एक दशकदेखिनै नेपाल डे परेड संस्थापन पक्ष र फिप्नाविच एक किसिमको प्रतिष्ठाको लडाईजस्तै चलिरहेको थियो । विशेषगरी न्युयोर्कमा हरेक बर्ष हुदै आएको नेपाल डे परेको सवालमा जनजातीहरुको संस्था फिप्ना र यसको संस्थापन को हुने भन्ने विषयमा वैमनस्यता रहंदै आएको थियो । फिप्नाले नेपाल डे परेडमा आप्mनो पहिचान खोज्ने र संस्थापनको विवादको कारण एनआरएन, न्युयोर्क च्याप्टर र महावाणिज्य दुतावासको सहयोगमा गरिंदै आएको थियो ।

यसले एक किसिमको विभाजन बढ्दै गएको आभाष हुदै आएको थियो । यति सम्मकी डेढ दर्जन संस्थाहरुको छाता संगठन फिप्नाले नेपाल डे परेडनै बहिष्कार गर्दै आएको थियो । तर यसपटक भने नेपाल आदिवासी जनजाती महासंघ अमेरिका, फिप्ना र एनआरएन, न्युयोर्क च्याप्टर र न्युयोर्कस्थित महावाणिज्य दुतावासको पहलमा नेपाल डे परेड ऐतिहासिक रुपमा संयुक्त सहभागितामा सम्पन्न हुंदैछ ।

सबै संस्थाहरु नेपाल डे परेडको सफलताको लागि डटीरहेका छन । यसले नेपाली समुदायलाई ऐक्यबद्धमात्र बनाएको छैन । उनीहरुले नेपाल र नेपालीको पहिचानको लागि कांधमा कांध मिलाइरहेका छन । न्युयोर्कको नेपाली समाजले दिएको यो निकै महत्वपुर्ण सन्देश हो । यसमा एनआरएनए, अमेरिका, न्युयोर्क च्याप्टर, र महावाणिज्य दुतावासको पहलकदमी प्रसंसनीय छ ।

नेपाल डे परेड सञ्चालन समितिमा फिप्नासमेतको सहभागिताले दिएको सन्देश

यतिबेला मे १७ आइतबारका दिन हुने नेपाल डे परेडको सफलताकालागि न्युयोर्कको नेपाली समुदाय खटीइरहेको छ । नेपाल डे परेड कसरी भव्य बनाउने भन्नेमा डटीरहेको छ ।

नेपाल डे परेडको सफलताको लागि समुदायका अगुवाहरु अनुकुल समयमा मिटिङबस्ने र योजना तर्जूमा गर्ने तथा व्यवस्थापन कसरी गर्ने भन्ने छलफलमा व्यस्त देखिन्छन । नेपाली समुदायले दिएको सन्देश अर्को के पनि हो भने नेपाल डे परेडको समिति चयनमापनि कुनै वैमनस्यता नराखी सर्वसम्मत विधि अपनाइ समुदायलाई एकजुट बनाउने भुमिका खेलेको छ ।

नेपाल आदिवासी जनजाती महासंघ अमेरिका फिप्ना लगायतका संस्थाहरु, जातीय, क्षेत्रीय, आर्थिक लगायतका समितिहरुको चयनमा सर्वसम्मत विधि अपनाई हामी एकजुट र्छौं भन्ने सन्देश दिएको छ । नेपाल डे परेड सम्पन्न गर्नु आफैमा चुनौतीपुर्ण कार्य हो । यसको लागि हुने खर्च व्यवस्थापनकालागि समाजका अगुवा तथा सदस्यहरुसंग आर्थिक संकलन गर्नुपर्र्ने बाध्यता छ ।

यसको लागि निरन्तर खटाई आवस्यक पर्छ । नेपाल डे परेडको सफलताकोलागि संधै झै यसपालीपनि नेपाली समुदायले देखाएको अग्रसरता निकै लोभलाग्दो छ । यसलेपनि नेपाली समाजमा सकारात्मक सन्देश प्रवाह गरीरहेको छ ।

बुद्ध जयन्तीमा दिइएको अर्को सन्देश, हरेक बर्ष शान्ति परेडको आयोजना हुंदै

मे १ तारिखमा नेपाल आदिवासी जनजाती महांसंघ अमेरिका फिप्नाले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा आगामी बर्षदेखि शान्ति परेडको आयोजना गर्ने घोषणा गरेको् छ ।

शान्ति परेडको संयोजन, फिप्ना, एनआरएन तथा महावाणिज्य दुतावासले गर्ने जानकारी दिइयो । यसले नेपाली समुदायलाई एकजुट त बनाउने नै भयो भगवान गौतमबुद्धको शान्तिको सन्देश विश्वसामु चिनाउनपन भुमिका खेल्ने हुंदा नेपाली समुदायमा यसको सकारात्मक सन्देश जाने भयो । नेपाली समुदायप्रति विश्व नजरपनि अझ सम्मानित बन्ने देखिन्छ । यसले गौतम बुद्धको महिमा तथा नेपालको पर्यटनमापनि सकारात्मक प्रभावपार्ने अपेक्षा गर्न सकिन्छ ।

न्युयोर्क राज्य सभाका प्रत्यासी सोमनाथ घिमिरेको घोषणा

न्युयोर्क राज्य सभाकोलागि प्रतिष्पर्धामा रहेका सोमनाथ घिमिरेले यदि आफु निर्वाचित भएमा न्युयोर्क राज्य सभामा शान्ति परेडको बिल राज्य सभामा लैजाने प्रतिवद्धता नेपाली समुदायमाझ गरेका छन । नेपाल आदिवासी जनजाती महांसंघ फिप्नाले आयोजना गरेको बुद्ध जयन्तीको शुभकामना कार्यक्रममा घिमिरेले यस्तो जनाएका हुन ।

न्युयोर्कको डिष्ट्रिक ३० बाट प्रतिष्पर्धामा उत्रेका घिमिरेको निर्वाचित हुने सम्भावना पनि धेरै भएकोले उनले प्रस्तुत गर्ने बिल राज्य सभाले पारीत गरेमा बुद्ध र शान्तिको परेडले विश्वव्यापी मान्यता पाउने देखिन्छ । यसले नेपाली समुदाय, नेपाल र भगवान गौतम बृद्धको शन्देश अझै व्यापक हुने अपेक्षा गर्न सकिन्छ ।

यी र यस्तै सकारात्मक सन्देशले प्रवासका नेपालीलाई ऐक्यबद्ध बनाउछ भने नेपाली समुदायको आत्मविस्वासमापनि बृद्धि गराउंछ । विदेशमापनि नेपालहरु विभाजित हुन्छन भन्ने भाष्यबाट अब नेपालीहरु आफ्नो समुदायको लागि एक जुट हुनपनि जानेका छन भन्ने सन्देश पनि दिएको छ ।

(लेखक, न्युयोर्कमा नेपाली समुदायका अगुवाका रुपमा परिचित छन ।)