मंगलबार बिहान ब्युँझिदा बिहानको सात बजेको थियो । मेसेन्जरमा टन्नै मेसेजहरु थिए । अघिपछि पनि बिभिन्न ग्रुपका काम लाग्ने भन्दा पनि नलाग्ने खालका मेसेजहरुले मेसेन्जर भरिएका हुन्थे । त्यसो हुँदा ती मेसेजहरुलाई खासै हेर्ने गरेको थिइन । तर केही मेसेजहरु भने विरलै पठाउने व्यक्तिहरुको थियो । ग्रुपका मेसेजलाई वेवास्ता गर्दै व्यक्तिका मेसेजहरुलाई खोलेर हेर्न…