अमेरिकाको दक्षिणी राज्य टेक्ससमा रहेको युभाल्डेमा रहेको रब इलिमेण्ट्री स्कूलको बालबालिकाहरुको चित्कार अझै अमेरिका भर गुन्जिरहेको छ। त्यो दर्दनाक र ह्रदय विदारक नरसंहार पीडाजनक मात्र भएको छैन, त्यसले मानव सभ्यतालाई नै गिज्याइरहेको छ। एक सन्काह हत्याराको बन्दुकबाट निस्केका गोलीहरुले १९ जना कलिला बालबालिकाहरु र दुईजना शिक्षकको ज्यान लिए पछि अहिले अमेरिका भर बन्दुक हिंसा र…