न्ह्यू बज्राचार्य परिचय गराउनु पर्ने नाम होइन। उनको नाम आफैं उनको परिचय बनिसकेको छ। फराकिलो परिचय भएकाहरुसंगको छोटो परिचय र भलाकुसारी साँघुरो परिचय भएकाहरुका लागि कति अविषमरणीय हुन्छ त्यो भन्नै परेन। नेपालबाट आएका कलाकार, साहित्य/सङ्गीत सर्जकहरुसंग मन साट्न पाउनु प्रवासमा बसेर भावनामा नेपाल बाँच्नेहरुका लागि कति ठूलो अवसर हो भन्नै पर्दैन। श्रीमती सुनिमा र…