टेक्सस, अमेरिका- अमेरिकाको इमिग्रेसन सम्बन्धी निकाय अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन (आईसीई) ले सोमवार दक्षिण टेक्ससको मर्सिडिज सहरमा रहेको एक घरबाट नेपालीसहित १६ जना अवैध आप्रवासीलाई पक्राउ गरेको छ। टेक्ससको डलासबाट करिब ५ सय पचास माइल टाढा रहेको उक्त सहरमा शंकास्पद गोप्य घर फेला परेको र त्यहाँ १६ जना अवैध आप्रवासीलाई पक्राउ गरिएको आईसीईले जनाएको…