अमेरिका- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका नागरिकलाई तुरुन्त राजधानी शहर तेहरान छाड्न भनेपछि इजरायल इरान तनाव भिषण युद्ध तर्फ जाने संकेत देखिएको छ । ट्रम्पले आफ्नै सोशल मिडिया ट्रुथमा तेहरान तुरुन्त खाली गर्न भनेका थिए ।
विकसित राष्ट्रहरुको संगठन जी ७ को वैठकमा भाग लिन क्यानडा पुगेका ट्रम्प सम्मेलन सकिनु भन्दा एक दिन अघिनै वासिंटन फर्किएका छन् । मलाई वासिंटन फर्किनु जरुरी भयो भन्दै ट्रम्प बैठक नसकिदैं फर्किएका हुन् । इरान इजरायल युद्ध गम्भिर हुदैं गएपछि ट्रम्प फर्किएको वताईएको छ । राष्ट्रपति संगै विदेशमन्त्री मार्को रुवियो पनि अमेरिका फर्किएका छन् ।
ट्रम्पले तेहरान छाड्न दिएको चेतावनी पछि ठुलो स्वरमा विस्फोट भएको सुनिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । दुई देश विचको युद्ध पांचौ दिनमा प्रवेश गरेको छ । यस विचमा दुवै देशले मिसाइल हानाहान गरिरहेका छन् । मिसाइल हानाहालमा इरानमा करिव २ सय २४ जनाले ज्यान गुमाएको बीबीसीले जनाउको छ । इजरायलमा मृत्यु हुनेको संख्या २४ छ ।
इजरायलले इरानले आणविक बम वनाउन लागेको भन्दै यसलाई रोक्न आक्रमण गरेको दावी गरेको छ । इजरायलका प्रधानमन्त्रीले इरानको सत्ता परिवर्तन हुन सक्ने वताएका थिए । ट्रम्पले त्यहांका नागरिकलाई तेहरान छाड्न चेतावनी दिनु र इजरायलले इरानमा सत्ता परिवर्तन गर्न खोजेको संकेत दिनुले यो युद्ध लम्बिने संभावना देखिएको छ । यसै विच सयौं नागरिकले तेहरान छाडिरहेको अन्तराष्ट्रिय मिडियाले वताएका छन् । त्यसले गर्दा तेहरान छाड्ने सडकहरुमा लामो ट्राफिक जाम भएको वताईएको छ ।
अमेरिका इजरायल निकट देश हो । तर, पनि यस युद्धमा अमेरिकाको प्रत्यक्ष संलग्ननता भने अहिलेसम्म छैन । तर, अमेरिकी सेनालाई उच्च सतर्कतामा राखिएको वताईएको छ । यो युद्धमा पनि अमेरिकाले अप्रत्यक्ष रुपमा केही सहयोग भने इजरायललाई गरेको छ ।
इजरायल इरान युद्ध वढ्दै गए पछि इजरायल स्थित चिनियां दुतावासले आफ्ना नागरिकलाई सकेसम्म छिटो इजरालय छाड्न भनेको छ ।
इजरालयमा करिव ५ हजारको संख्यामा नेपाली पनि रहेको वताईन्छ । केयर गिभरको काम गर्न सयौं नेपाली महिला इजरायल गएका थिए ।
प्रतिक्रिया