वासिङ्टनमा विमान र हेलिकप्टर ठक्करबाट कोही बाँचेनन् : अमेरिकी अधिकारी

वासिङ्टन ।  बिहीबार ६४ जना यात्रु बोकेको यात्रुवाहक विमान सैन्य हेलिकप्टरसँग मध्य आकाशमा ठोक्किएर वासिङ्टनको बरफिलो पोटोम्याक नदीमा खसेको दुर्घटनामा कोही पनि जीवित नरहेको अमेरिकी अधिकारीहरूले  बताएका छन् । “हामी अहिले उद्धार कार्यबाट शव निकाल्ने कार्यमा रूपान्तरण भइरहेका छौँ”, वासिङ्टन दमकल प्रमुख जोन डोनेलीले रेगन राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भने, “यस विन्दुमा हामी त्यहाँ…