अमेरिका- ग्रिन कार्ड छ, वा वनाउने क्रममा हुनुहुन्छ । अमेरिकाको इमिग्रेशनमा केस फाइल गरेको अवस्था छ वा टीपीएस सकियो अव के होला भन्ने प्रश्न छ । यि अवस्थामा के गर्ने ? यो अवस्थामा अमेरिकामा इमिग्रेशन सम्वन्धि मुद्दाहरु हेर्दे आएका कानुन व्यवसायी (एटर्नी) बासु फुलाराको सुझाव छ राम्रो अनुशासित चरित्र पालाना गरेर वस्ने । ग्रिनकार्ड हुने वा वनाउने प्रकृयामा रहनेले वा टीपीएस सकिएको अवस्था छ भने सवैभन्दा महत्वपुर्ण कुरा गुड मोराल क्यारेक्टर हो फुलाराले भने यहांका इमिग्रेशन अधिकारीहरुको पक्राउमा पर्ने अधिकांश गुड मोराल क्यारेक्टर नभएका छन् ।
इमिग्रेशनको केस चल्दै गर्दै, उनीहरुले आफ्नो कानुन अनुसार काम गर्ने हुन् फुलाराले भने तर, यो अवस्थामा चलिहान्छ भन्ने लागेर स सानो नियम समेत मिच्नु हुदैंन अनावश्यक रुपमा इमिग्रेशन अधिकारीको फन्दामा पर्न सकिन्छ ।
मदिरा पिएर गाडी चलाउने, गति भन्दा वढीमा गाडी चलाउने, झैझगडा गर्ने, नागरिकका लागि तोकिएका नियम पालाना नगर्ने कयौं नेपालीहरुलाई डिर्पोटेशनको पत्र आएको उनले जानकारी दिए । अहिले संयमित भएर नियम अनुसार काम गर्दा डराइहाल्नु पर्दैन फुलाराले भने ।
हिडेंर आएका कयौं नेपाली इमिग्रेशन एण्ड कस्टम इन्फोर्मेण्ट (आईसीई)ले तारिखमा राखेको छ । केहीलाई तोकिएको दिन तारिखमा जांदा हिरासतमा लिईएको पनि छ । यस अवस्थामा पनि गुड मोराल क्यारेक्टरनै हेरिन्छ उनले भने ।
यो देशमा नियम विपरित काम गर्ने छुट कसैलाई छैन फुलाराले भने ग्रिन कार्ड हुने वा नागरिकता लिएकाले पनि नियममा चल्नै पर्छ नत्र झमेला हुन्छ ।
केही दिन अघि ग्रिनकार्ड भएका एक जना नेपाली समेत डिर्पोटेशनमा परेका थिए । यो पनि गुड मोराल क्यारेक्टरसंग जोडिएको केश थियो । केही नेपाली भाषी भुटानीलाई पनि गुड मोराल क्यारेक्टर नहुदां फिर्ता गरिएको थियो । उनीहरु भुटान हुदैं नेपाल छिरेका थिए ।
समाचार अनुसार ६ महिना यता करिव १७० जना नेपालीलाई डिर्पोट गरिएको छ । यसमा अधिकांश तल्लोवाटो भई हिडेंर आउने छन् । यो संख्या केही वढी हो तर, हल्ला भए अनुसार कागजात नहुनेलाई जहां भट्यो त्यही त्यही समातेर भने पठार्ईको भने होइन ।
प्रतिक्रिया