मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
ग्लोबल नेपाली   
टेक्सस   

ड्यालसको कन्सुलेट अफिस स्थापनाको तयारी

ड्यालसको कन्सुलेट अफिस स्थापनाको तयारी


ड्यालस (अमेरिका) । नेपाल सरकारले टेक्ससको ड्यालसमा खडा गर्न लागेको कन्सुलेट कार्यालय स्थापनाको तयारी सुरू भएको छ ।

कन्सुलेट अफिस स्थापनाको स्थान छनोट, नेपाली समुदायसँग छलफलका लागि परराष्ट्र मन्त्रालयबाट पठाइएका दुइ उच्च अधिकारीहरू यही साता ड्यालस आउँदैछन् ।

कन्सुलेट कार्यालयका लागि परराष्ट्र मन्त्रालयले सहसचिव सुरेश अधिकारीको नेतृत्वमा कर्मचारीहरूको पोष्टिङ्ग गरिसकेको छ । अधिकारीलाइ टेक्ससको कन्सुलर जनरलको जिम्मेवारी नेपाल सरकारले दिएको छ । त्यस्तै कर्मचारी टोलीमा उपसचिव धनाकुमारी जोशी र शाखा अधिकृत प्रविण भट्टराइ रहेका छन् । परराष्ट्रले ड्यालस कन्सुलेट अफिसको लागि चारजना पठाउने निर्णय गरिसकेको छ । स्थानीय रूपमा अावश्यकता अनुसार केही कर्मचारी नियुक्ती गर्न सक्ने अधिकार समेत दिने नीति सरकारको छ ।

गत माघमा बसेको नेपाल सरकार मन्त्रीपरिषदको बैठकले अमेरिकाका दुइ शहर र युनाइटेड अरब इमिरेट्सको दुबइमा कन्सुलेट कार्यालय स्थापना गर्ने निर्णय गरेको हो। अमेरिकाको ड्यालस र सानफ्रान्सिस्कोमा कन्सुलेट कार्यालय स्थापना हुँदैछन्।

सानफ्रान्सिस्कोमा लक्ष्मण खनाल कन्सुलर जनरल नियुक्त भएर आइसकेका छन् ।

अमेरिकामा नेपाली समुदायको बढ्दो उपस्थितीका कारण वासिङ्गटन डिसीको दुतावास र न्यूयोर्कको कन्सुलेट अफिसले मात्र धान्न नसकेको गुनासो लामो समयदेखि उठिरहेको छ । यही विषयमा टेक्ससको नेपाली समुदायले गत असोजमा राष्ट्रसंघको महासभामा सहभागी हुन अएका प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गरेका थिए ।

विशेषगरि पासपोर्टको नविकरणको मुद्धा लामो समयदेखि उठिरहेको छ । ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्समा मात्र झण्डै ८० हजार नेपाली समुदायको बसोबास रहेको छ ।

टेक्ससको अस्टिन, ह्युस्टन, सानएन्टेनियो, लबक लगायत अन्य सिटीहरूमा समेत गर्दा एकलाखको हाराहारीमा नेपाली रहेको अनुमान छ ।

कन्सुलेट अफिस स्थापनाका लागि ड्यालस खटिएका नेपाली सरकारी अधिकारीहरूले नेपाली समाज टेक्सससँग मंगलबार छलफल गर्दैछन् । स्रोतका अनुसार अफिस स्थापनाको लागि स्थान एकिन नभएपनि संभवतः ड्यालस डाउनटाउन एरिया हुनसक्ने स्रोतले जानकारी दियो । कुटनैतिक नियोग भएको हुँदा नेपाली समुदाय र नेपाल सरकारले मात्र चाहेको स्थानमा राख्न मिल्दैन । सुरक्षा संवेदनशीलताका कारणले पनि डाउनटाउन उपयुक्त ठहर्याइएको छ ।

ड्यालसमा मेक्सिको, स्विजरल्याण्ड, डेनमार्क, क्यानडा, एलसाल्भाडोर, होण्डुरस, चिली, ग्वाटेमाला, दक्षिण कोरिया, थाइल्याण्ड, पेरू लगायत देशका कन्सुलेट कार्यालयहरू छन् ।

कन्सुलर अफिस राख्ने स्थानको पूर्व स्विकृती अमेरिकाको स्टेट डिपार्टमेन्टबाट लिनुपर्ने प्रावधान छ ।

शेयर गर्नुहोस:

9.7k
Shares