अमेरिका- नेपाल सरकारले टेक्सस ड्यालसमा कन्सुलेट कार्यालय स्थापनाका लागि कर्मचारी व्यवस्था गरेसकेपनि सेवाग्राहीले त्यहांवाट सेवा लिन भने अझ केही महिना लाग्ने छ ।
उक्त कार्यालयमा पदस्थापना गरिएका सहसचिव सुरेश अधिकारीले अमेरिका सरकारले भनेअनुसार प्रकृया पुरा गर्दा केही महिना लाग्न सक्ने उनले जानकारी दिए ।
अमेरिका सरकारको प्रावधान अनुसार पहिलो हामीले कुन स्थानमा कार्यालय खोल्ने भन्ने तय गरेर नेपाली राजदुतावासलाई जानकारी दिन्छौ उनले भने दुतावासले यसको जानकारी अमेरिका सरकारलाई दिन्छ त्यहांवाट स्विकृत पाए पछि कार्यालय खोल्न सकिन्छ ।
त्यस पछि कार्यालय स्थापनाको प्रकृया र बैंक खाता खोल्नु पर्ने हुन्छ यसका लागि पनि केही समय लाग्छ अधिकारीले भने ।
टेक्सस नेपाली समुदायको ठुलो बसाई भएको शहर हो । ड्यालसमा नेपाली समुदायको ठुलो वस्ती छ । निकै अघि देखीनै त्यहां कन्सुलेट कार्यालयको माग हुदैं आएको थियो । कन्सुलेट कार्यालय नहुदां त्यस वरपरका नेपाली न्यूओर्क वा वासिंटन डीसी जान वाध्य छन् ।
स्थानियको पटक पटकको मागलाई सुनुवाई गर्दै केही महिना अघि नेपाल सरकारले ड्यालस र सान फ्रान्सिसकोमा कन्सुलेट कार्यालय खोल्ने निर्णय गरेको थियो । त्यही अनुसार दुवै शहरमा कर्मचारी खटाईसकेको छ । दुवै स्थानमा कार्यालय स्थापना हुने प्रकृयामा छ । सकेसम्म चाडैं अफिसको टुंगो लगाएर हामी जान्छौं अधिकारीले भने तपाईहरुको सहयोगले यसलाई सजिलो हुने छ र चाडैं नै हामी सेवा शुरु गर्न सक्ने छौं
ड्यालसको कन्सुलेटले अमेरिकाका आठ राज्यलाई सेवा दिने पनि अधिकारीले जानकारी दिए । टेक्सस, अक्लोहामा, आर्कान्सास, लुजियान, न्यूमेक्सिको, क्यान्सस, मिसिसिपी र कोलोराडोका नेपाली समुदायलाई सेवा दिने उद्देश्य हो अधिकारीले भने ।
ड्यालसमा स्थापना हुने कन्सुलेट कार्यालयका लागि परराष्ट्र मन्त्रालयले सहसचिव सुरेश अधिकारीको नेतृत्वमा कर्मचारीहरूको पदस्थापन गरिसकेको छ। नेपाल सरकारले अधिकारीलाई टेक्ससका लागि कन्सुल जनरलको जिम्मेवारी दिएको हो। अधिकारी नेतृत्वको टोलीमा उपसचिव धनकुमारी जोशी र शाखा अधिकृत प्रविण भट्टराइ पनि समावेश छन्। परराष्ट्र मन्त्रालयले उक्त कन्सुलेट कार्यालयका लागि चारजनाको टोली पठाउने निर्णय गरिसकेको छ।
कार्यक्रममा टिका पौडेल, राजेन्द्र वाग्ले, सिता सापकोटा, प्रेम अधिकारी, बिकाश उप्रेती, रबि रावल, बिजय भट्टराई, धिरेन्द्र यादव, ज्ञानेन्द्र कार्की, ओम लामिछाने लगायतले मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन नेपाली समाज टेक्ससका महासचिव विजय भुसालले गरेका थिए।
प्रतिक्रिया