यतिबेला प्रवासी नेपाली मञ्च आफ्नो संगठन विस्तारको अभियानमा जुटेको छ। यसैक्रममा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको भौतिक उपस्थितिको बैठक मलेशियामा सम्पन्न भएको छ। बैठक अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सन्जय थापाको अध्यक्षतामा बसेको थियो। संगठन विस्तारको अभियानका क्रममा हङकङ, मकाउ हुदै कम्बोडिया पुगेका अन्तराष्ट्रिय कमिटीका अध्यक्ष थापाको प्रमुख आतिथ्यता तथा सचिवालय सदस्य एवम् अमेरिका महादेश इन्चार्ज प्रभु…