मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रेस विज्ञप्ती / सूचना पाटी   
बोस्टन   
साहित्य / कला   

अनेसास बोस्टन च्याप्टरले नेपालका ख्याति प्राप्त कलाकारहरुलाई सम्मान गर्ने

अनेसास बोस्टन च्याप्टरले नेपालका ख्याति प्राप्त कलाकारहरुलाई सम्मान गर्ने


अमेरिकाको बोस्टन सहर स्थित अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) बोस्टन च्याप्टरले नेपालका केही ख्याति प्राप्त कलाकारहरुलाई सम्मान गर्ने भएको छ। नेपाली कला, साहित्य, भाषा र संस्कृतिको उत्थानमा अमूल्य योगदान पुर्याएको भन्दै उनीहरुको योगदानको कदर स्वरुप सम्मान गर्न लागिएको अनेसास बोस्टन च्याप्टरले जनाएको छ। त्यसका लागि अनेसासले यही आउदो सेप्टेम्बर १८ तारिख बुधबार साँझ बोस्टन स्थित पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङ्गल्याण्ड(प्याब्फोन)को सामुदायिक भवनमा ‘भेटघाट तथा स्वागत सम्मान कार्यक्रम’ को आयोजना गरेको छ।

सम्मानित हुने कलाकारहरुमा नेपाल चलचित्र कलाकार संघ तथा चलचित्र बिकास वोर्डका पूर्व अध्यक्ष एवम् विशिष्ट अभिनेता कृष्ण मल्ल, विशिष्ट अभिनेत्री शर्मिला मल्ल, विशिष्ट अभिनेत्री बसुन्धरा भुसाल, वरिष्ठ कलाकार रवीन्द्र खड्का, वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशी, लोकप्रिय अभिनेत्री केकी अधिकारी, निर्माता मोहनकृष्ण श्रेष्ठ, चर्चित हास्य कलाकार सन्दीप क्षेत्री, निर्देशक डा. घनश्याम खतिवडा र नायक संजय खतिवडा रहेका छन्।

नेपालका ख्याति प्राप्त कलाकारहरू र बोस्टनवासी प्रवासी नेपालीहरुलाई एक आपसमा भेटघाट गराउने र कला क्षेत्रबाट नेपाल र नेपालीका लागि अमूल्य योगदान पुर्याएका व्यक्तित्वहरुलाई सम्मान गर्ने उक्त कार्यक्रमको मुख्य उद्देश्य रहेको अनेसास बोस्टन च्याप्टरका महासचिव प्रकाश खड्काले बताए। उक्त कार्यक्रममा सहभागी भइ कलाकारहरुप्रति सम्मान व्यक्त गर्न र साक्षात्कार गरी आत्मीयता साटासाट गर्न महासचिव खड्काले नेपाली समुदायलाई अनुरोध गर्दै निमन्त्रणा दिएका छन्।