मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बोस्टन   
मुख्य समाचार   

शोकको बेला वाणिज्यदूतको कार्यालय उद्घाटन गरेकोमा प्रम ओलीको चर्को आलोचना

शोकको बेला वाणिज्यदूतको कार्यालय उद्घाटन गरेकोमा प्रम ओलीको चर्को आलोचना

बाणिज्यदूत केसी भन्छन्- 'मलाइ बाढी पहिरो गएको थाहा भएन'


तस्बीरहरू: सामाजीक सञ्जाल

बोस्टन (अमेरिका) – नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको बोस्टनमा अवैतनिक वाणिज्यदूतको कार्यालय उद्घाटन गरेको विषय यतिबेला निकै विवादमा परेको छ। बाढीपहिरोले देश शोकमा डुबिरहेका बेला त्यसको परवाह नगरि परदेशमा रहेको उक्त सामान्य कार्यालय उद्घाटन र अन्य सामान्य कार्यक्रमहरुमा भुलेको भन्दै आलोचकहरुले प्रम ओलीको चर्को आलोचना गरिरहेका छन्।

आलोचना गर्नेहरु उनको विरोधीहरु मात्र नभएर उनकै समर्थक र शुभचिन्तकहरु समेत छन्। उनका यी गतिविधिहरु विरोधीहरुका लागि त उनी र उनको पार्टी अनि सरकारको आलोचना गर्न राम्रै खुराक बन्न पुगेको छ।

केही महिना अघि नेपाल सरकारले म्यासाच्युसेट्स निवासी प्रल्हाद केसीलाई अमेरिकाको म्यासाचुसेट्स राज्यका लागि अवैतनिक वाणिज्यदूतका रुपमा नियुक्त गेरको थियो । उनी नियुक्त भएपछि केसीले आफ्नै घरमा कार्यालय राखेर प्रमंबाट उद्घाटन गराउन सफल भएका छन् ।

प्रधानमन्त्री ओली अमेरिकाको न्यूयोर्कमा आयोजना भएको संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री आरजु देउवा राणा, प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालसहित अमेरिका आइपुगेका थिए। अमेरिकाको म्यासाच्युसेट्स राज्यको क्याम्ब्रिज स्थित विश्व चर्चित हार्वर्ड युनिभर्सिटीमा गत सेप्टेम्बर २७ तारिख शुक्रबार आयोजित एक कार्यक्रममा भाग लिन उनी बोस्टन आइपुगेका थिए।

यही मौका छोपेर प्रम ओलीबाट सेप्टेम्बर २८ तारिख शनिबार उक्त कार्यालयको औपचारिक उद्घाटन गराइएको थियो। उद्घाटनको क्रममा प्रम ओलीले उक्त अवैतनिक वाणिज्यदूतको कार्यालयको साइनबोर्ड अनावरण गर्नुका साथै नेपालको राष्ट्रिय झण्डाको झण्डोत्तलन समेत गरे ।

देश शोकमा डुब्दा देशको प्रमुख कार्यकारी अभिभावक भएर शोक र सहानुभूति प्रकट गर्दै जनताको साथमा रहेको विश्वास दिलाउनु पर्ने, यथासक्य चाडो नेपाल फर्कनु पर्ने, तत्काल राहतको व्यवस्थापनमा जुट्नु पर्नेमा त्यसो नगरी सामान्य कार्यालयको उद्घाटन, सामान्य कार्यक्रमहरु र भेटघाटमा अल्झिएको, शोकमा पर्दा नेपालको राष्ट्रिय झण्डा झुकाउनु पर्ने बेलामा उल्टै झण्डोत्तोलन गरिएको भन्दै आलोचकहरुले रोष प्रकट गरिरहेका छन्।

शुक्रबार बोस्टन आइपुगेका प्रधानमन्त्री ओलीले शनिबार ब्रेनट्री स्थित पशुपतिनाथ बुद्ध मन्दिरको दर्शनसमेत गरेका थिए। बोस्टन बसाइको दौरानमा उनले विभिन्न संघ संस्थाका प्रतिनिधिहरु र प्रवासी नेपालीहरुसँग पनि भेटघाट गरेका थिए। पूर्व कार्यतालिका अनुसार प्रधानमन्त्री ओली आफ्नो टोलीसहित आइतबार बोस्टनबाट नेपाल फर्किएका छन् ।

मलाइ बाढीपहिरो गएको थाहा भएनः केसी

यस सम्बन्धमा अवैतनिक वाणिज्यदूत केसीले कार्यालय उद्घाटन गर्ने आफ्नो कुनै पूर्व तयारी नरहेको बताए । उनले प्रधानमन्त्री ओली कार्यक्रमको दौरानमा म्यास्याच्युसेट्स आएको अवसर पारेर कार्यालयको उद्घाटन गराउनुका साथै सम्मान स्वरुप झण्डोत्तोलन गराइएको प्रतिक्रिया दिए।

नेपालमा भएको प्राकृतिक विपत्तिका बारेमा त्यतिबेला आफू अन्जान रहेको जनाउदै उनले उक्त कार्यक्रम नियतबस नगरिएको बताए। उनले भने-‘त्यतिबेला नेपालमा घटेको घटनाका बारेमा म अनविज्ञ थिएँ नेपाली दूतावास र महावाणिज्यदूतको कार्यालयबाट पनि उक्त घटनाका बारेमा जानकारी दिइएन । मैले नियतबस गरिएको हैन, मलाई थाहा भएको भए कार्यक्रम गर्दिन थिएँ।’ नेपालको अवैतनिक बाणिज्यदूत नियुक्त व्यक्ति नेपालमा त्यति ठूलो घटना भएको २४ घण्टासम्म पनि अपडेट नहुनु चाँही घोर अश्चर्य कै विषय भएको आलोचकहरुले टिप्पणी गरेका छन् ।

उनले थप प्रष्टीकरण दिँदै भने-नेपालमा घटेको घटनाका बारेमा मैले पछि थाहा पाएँ । यो खबरले म मर्माहत छु । मेरा आफन्त र नातेदारहरु पनि निकै प्रभावित भएछन्। मेरो कार्यालयको तर्फबाट सक्दो सहयोग जुटाउने/पुर्याउने प्रयास गर्ने छु।’

केसीले अन्जानमा आफ्नो कारण नेपाली जनतामा पर्न गएको दु:खप्रति र प्रधानमन्त्रीले भोग्नु परेको आलोचनाप्रति क्षमायाचना गरेका छन् ।

यो पनि पढ्नुहोस