नेपाली समाजमा कन्यालाई दिइने गुन्यु चोलोको विशेष महत्व छ । हालका वर्षहरुमा त यो संस्कार समाजमा पहिला भन्दा अझ वढेको पाइन्छ । आ–आफ्नो गच्छ्य अनुसार के गरीव के धनी सवैले यो संस्कारलाई अपनायका छन । विशेषत वाहुन, क्षेत्री, नेवार र गुरुङ्ग समुदायमा यो चलन वढि भए पनि अन्य जात जातीका मानिसहरुले पनि विस्तार विस्तार यसलाई स्किारेका छन ।
कन्याहरुलाई गुन्यू चोलो कुनै धार्मिक कार्यका विच दिने चलन छ । धेरैले भने कन्यालाई चोखो वनाइ घरमै मन्त्र उच्चारण द्धारा गुन्यू चोलो द्धारा दुलही झै सिर्गाने र विभिन्न देवि देवताको मन्दिरहरुमा लगेर ढोगाउने गर्छन । यसका लागी धार्मिक कार्य जस्तैः सत्यनारायणको पूजा, विवाह, रुद्री लगाएको मौका पार्नु वढि उपयुक्त मानिन्छ । विशेषत माघ–फागुन मा पर्ने सरस्वती पूजाको दिनलाई गुन्यू चोलीका लागी उपयुक्त दिन मान्ने गरिन्छ । महिला सौभाग्य समानहरु जस्तैः चुरा, धागो एवं सोह् श्रृंङ्गार द्धारा कन्यालाई उक्त वेला दुलहि झै सिर्गार्ने गरिन्छ । गुन्यू चोलीका लागी महिला उमेरको हकमा वैज्ञानिक व्याख्या भने कतै भेटिदैन । मूलत ७ देखि १३ वर्ष सम्मका महिलाहरुलाई गुन्यू चोलो दिने उपयुक्त समय मानिन्छ ।
गुन्यू चोलोका वारेमा हाम्रो नेपाली समाजमा केही चलिआएका मान्यताहरु छन । पहिलो मान्यता अनुसार मानिसका जीवनमा चार अवस्था हुने गर्छन । वाल्य अवस्था, युवा – किशोर अवस्था प्रौठ अवस्था र अन्तमा बृद्ध अवस्था । मूलत वाल्य अवस्था वाट युवा–किशोर अवस्थामा टेक्न लागेका महिलालाई हाम्रो समाजमा गुन्यू चोलो दिने चलन छ । यस्तै अर्को हिन्दु वैदिक मान्यता अनुसार महिलाहरु पहिलो रजस्वला भए पश्चात उनीहरु विवाहका लागी योग्य मानिन्छ र यहि पहिलो रजस्वला पूर्व महिलाहरुलाई गुन्यू चोलो दिने गरिन्छ ।
गुन्यू चोलो शुरुवातको कुनै वलियो आधार भने भेटिदैन । प्रख्यात संस्कृत विद राजेन्द्र खनालका अनुसार यो चलन मूलत नेवारी वेल पूजा संग सम्वन्धित छ । उनका अनुसार उमेर पुगेका नेवार महिलाहरुलाई वेल संग विवाह गरिदिने चलन छ । यहि चलन कालान्तरमा क्षेत्री वाहुन समूदायका कुनै निश्चित वर्गका मानिसहरुले गुन्यू चोलो दिने चलनका रुपमा अनुशरण गर्दे शुरु गरेको उनी मान्छन । यसलाई वलियो तर्क मान्न नसके पनि दहे आधार चाहि मान्न सकिन्छ । उता संस्कृतलाई आधार मानी व्याख्या गर्दा संस्कृतमा गुन्यू चोलोको व्याख्या कतै पाइदैन । संस्कृतमा युवा अवस्थामा पुग्न लागेको पुरुषको व्रतवन्ध हुन पर्ने जनाइएको छ ।
पुरुषको व्रतवन्धले उ भावि दिनमा उसका जीवनमा परिआउने कर्मकाण्डका लागी योग्य हुने मानिन्छ । तर संस्कृतमा महिलाको हकमा भने महिला युवा अवस्था पुग्ना साथ विवाह नै हुन पर्नेमा जोड दिइएको छ । यसैले पुरुष युवा अवस्था पुग्दा व्रतवन्ध हुने महिलाको हकमा भने विवाह नै हुन पर्ने मान्यताको विचमा तालमेल नहुदा कालान्तरमा महिलामा गुन्यू चोलो प्रथा विकास भएको भन्ने पनि समाजमा प्रसस्त छन । आधुनिक युगमा गुन्यू चोलोलाई विज्ञहरुले वाल मनोवैज्ञानीक तवरले पनि व्याख्या विवेचना गरेको पाइन्छ । पुरुषको व्रतवन्धमा उसलाई दौरा सुरुवाल द्धारा सजाउने गरिन्छ भने महिलाको हकमा सोह् सिंगारको हक उनीहरुले विवाह पश्चात मात्र प्राप्त गर्छन ।
महिला र पुरुष समान आधुनिक युगमा महिलाको विवाह पूर्व सिंगारको हक स्थापित गराउन पनि यो चलन जस्ले चलाए पनि राम्रो हो भन्ने अर्का थरीको व्याख्या छ । गुन्यू चोलो चलनले महिलामा वस्त्र परिवर्तनको विशेष महत्व राख्ने पक्का छ । हुन पनि हाम्रो समाजमा घागर र सुरुवाल लगाएर वस्ने साना नानीहरु आफ्ना आमा तथा दिदीहरुले लगाउने श्रृंगारका समान एवं लुगा लगाउन सधै लालयित हुन्छन । गुन्यू चोली प्रचलनले केही हद सम्म भए पनि यो वाल कौतुहलता मेटाउन मद्दत गर्छ । त्यस्तै यस प्रचलनले युवा अवस्थामा टेक्न लागेका महिलालाई केही मात्रामा भए पनि जिम्मेवारीको वोध गराउँछ ।
प्रतिक्रिया