मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
अमेरिका समाचार   
टेक्सस   

अमेरिकाको दुईदिने पर्वको द्विविधा हटाउन सर्वेक्षण

अमेरिकाको दुईदिने पर्वको द्विविधा हटाउन सर्वेक्षण


ड्यालस (अमेरिका) । ड्यालसको नेपाली मन्दिरले अमेरिकामा नेपाली पर्व, चाडबाडको सम्वन्धमा देखिएको तिथि, मितिको समस्या हल गर्न व्यापक रुपमा सर्वेक्षण कार्य थालेको छ ।

पछिल्ला केही वर्षदेखि अमेरिका र नेपालमा हुने तिथिको फरकपनले गर्दा केही पर्वहरु नेपालमा भन्दा पहिले मनाउँदा जनमानसमा अन्यौलता बढेको व्यापक गुनासो छ । त्यसलाइ संवोधन गर्न र पर्वको द्विविधा हटाउन युलेसको पशुपतिनाथ मन्दिर तथा बुद्ध बिहारले सर्वेक्षण थालेको हो ।सर्वेक्षण मन्दिरका सदस्यहरु सबैलाई मंगलवार इमेलमा पठाइएको छ र शुक्रबारसम्म भरेर आफ्नो राय/सुझाव दिन आव्हान गरिएको छ ।

यसै हप्तामात्र जनैपूर्णिमा पर्व अमेरिकाको तिथिको हिसाबले नेपालभन्दा अगाडी परेको थियो । तर अमेरिकाको तिथिको दिनभन्दा पनि पछिल्लो दिन भक्तजनहरु मन्दिरमा आएर दर्शन गर्ने, जनै फेरेका थिए । हरेक वर्ष जनैपूर्णिमा, तीज, दशैँको टीका, भाईटीका जस्ता मुख्य पर्वहरुमा तिथिको विवाद हुँदै आएको छ ।

अमेरिकाको स्थानीय देशान्तर अनुसार निकालिएको तिथिलाइ बहुसंख्यकबाट सुरुदेखिनै अवलम्वन नगरेर अस्वीकृत जस्तै भैरहेको छ । बहुसंख्यकले नेपाली तिथिलाई आधार लिएर नेपालमा मनाइसकेपछि मात्र यहाँ चाड-पर्व मान्दै आएका छन् ।

‘साह्रै भद्रगोल थियो, अब यो सुझावले चाडपर्व एकै दिन हुने विश्वास लिएको छु’ युलेसका स्थानीय मदन अर्यालले भने । सुरुवातताका अमेरिकाको पात्रो अनुसार चाड मनाएपनि सबै आफन्त र परिवारले नमानेपछि नेपालकै पात्रोलाइ अवलम्वन गर्न थालिएको उनले बताए ।

मन्दिरले ड्यालसबासी मात्र नभएर अमेरिकाभरि रहेका नेपाली, सनातन हिन्दु धर्मावलम्वीहरुलाई सर्वेक्षणमा सहभागी भएर मत जाहेर गर्न अनुरोध गरेको छ ।

नेपाली मंदिरले दिएको जानकारी अनुसार “ यो सर्वेक्षणपछि आउँदो शनिबार (अगष्ट १६ तारिक) अपराह्न १:३०बजे वृहद टाउनहल बैठक आयोजना गर्ने र सर्वेक्षणमा बहुमतको राय अनुसार एकै दिन पर्व मनाउने निर्णय लिने बताइएको छ । यस वर्षदेखि एउटै चाड दुई दिन मनाउने प्रथा अन्त्य गर्न प्रयासमा छौँ, त्यसको लागि पठाइएको सर्वेक्षणमा राय दिनुहुन अनुरोध गर्रिन्छ “

हरेकको राय, सुझावको महत्व हुने भएकोले सबैले लिंकमा भएको सर्वेक्षण भर्न र चाडपर्वको द्विविधा समाधान गर्न हिमालयखबर पनि समस्त पाठकवृन्दमा विशेष आग्रह गर्दछ । 

शेयर गर्नुहोस:

8.9k
Shares