मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
ग्लोबल नेपाली   
टेक्सस   

सांसद भनेर के गर्नु वडाअध्यक्षको जति बजेट र अधिकार पनि छैनः ज्ञानेन्द्र शाही (भिडियो सहित)

सांसद भनेर के गर्नु वडाअध्यक्षको जति बजेट र अधिकार पनि छैनः ज्ञानेन्द्र शाही (भिडियो सहित)


ड्यालस (टेक्सस) । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा संसदीय दलका सचेतक ज्ञानेन्द्र शाहीले सांसदसँग वडाध्यक्षको जति बजेट र अधिकार पनि नहुने गरेको गुनासो गरेका छन् ।

आइतबार टेक्ससको ड्यालसमा आयोजित अन्तरकृया कार्यक्रममा सचेतक शाहीले मेयर, वडाअध्यक्षसँग अधिकार र बजेट हुने गरेको तर सांसदसँग संसदमा बोल्ने भन्दा बाहेक केही अधिकार नभएको खुलासा गरे । ‘मानिसहरु सांसद भएर तैले काम गरिनस्, के काम गरिस् भन्दै प्रश्न गर्छन । तर हामीसँग वडाअध्यक्षको जति पनि बजेट र अधिकार छैन’ उनले भने ।

Advertisement
ADVERTISEMENT

राजतन्त्र पुनर्स्थापनाका पक्षमा सकृय रुपमा लागिरहेका शाहीले नवराज सुवेदीका कारण अघि बढिसकेको राजतन्त्रको मुभमेन्टमा असर पुगेकै कारण सुवेदीलाई पार्टीले कारवाही गरेको समेत खुलासा गरे । आफ्नै सकृयतामा पूर्ब नवयुवराज हृदयेन्द्र शाहलाई जुम्ला लगेर कार्यक्रम गरेपछि देशभरि थप लहर आएको र प्रधानमन्त्री केपी शर्मा ओलीको समेत सातो गएको टिप्पणी गरे ।

बंशजको आधारमा नेपाली नागरिकता लिएका सबैजना नेपाली नागरिक भएको उल्लेख गर्दैै शाहीले कांग्रेस, एमाले र माओवादीले प्रवासमा बस्नेहरुलाई विदेशी बनाएको आरोप लगाए ।

‘लोग्नेले स्वास्नी भेट्न नेपाल जान भिसा लगाउनुपर्ने, दाजुभाई बीच पुख्र्यौैली सम्पत्तिमा काटाकाटको अवस्था सिर्जना तिनै दलहरुले गरेका हुन्’ उनले भने ।

वर्तमान राजनीतिक व्यबस्थाले नेपाली समेत शुद्ध रुपमा बोल्न र लेख्न नसक्नेलाई सांसद बनाएको भन्दै उनले यस्तो तरिकाले नेपाल कहिल्यै अघि नबढ्ने बताए ।

गैर आवासीय नेपाली संघ टेक्सस च्याप्टर र पानस अमेरिकाको संयुक्त आयोजनामा भएको कार्यक्रममा शाहीले ड्यालसमा कन्सुलेट कार्यालय स्थापना गर्नका लागि गत वर्ष आफू आउँदा जनताको भावना लिएर गएको र अहिले स्थापना भएकोमा खुशी व्यक्त गरे ।

कार्यक्रममा एनआरएनका महासचिव गौरीराज जोशीले गैर आवासीय नेपालीलाई नागरिकता दिनका लागि नेपाल सरकारले लामो समय लगाएर खण्डखण्डमा गरिरहेकोले त्यसलाई नीतिगत भ्रष्टाचार, वेथितीका रुपमा लिन मिल्ने कि नमिल्ने भन्दै प्रश्न गरेका थिए ।

संघका च्याप्टर अध्यक्ष निलेस श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा पानस अमेरिका अध्यक्ष रवि रावलले कन्सुलेट अफिस स्थापना गर्न सांसद शाहीको ठूलो हात रहेको उल्लेख गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।

सो अवसरमा नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले, युलेस सिटीका मेयर प्रोटेम टीका पौडेल, रास्वपा प्रवास विभाग टेक्सस संयोजक रविन पाठक, पासाङ्ग लामा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

शेयर गर्नुहोस:

2.1k
Shares