मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
विचार / ब्लग    

विस्मृतिमा स्मृति

विस्मृतिमा स्मृति

टेलि सिरियलबाट उत्पत्तिदेखि सिरियलमै पतन


कुनैबेला संसदमा सोनिया गान्धी र राहुल गान्धीलाई थर्काउँथिन् स्मृति ईरानी । “माफी माग सोनिया, माफी माग राहुल” भनेर आक्रोश पोख्थिन् I उनी भन्थिन्, “राहुललाई अमेठीमा हराएँ र भागेर राहुल वायनड जानुपर्यो l “

उनी “क्यों कि सास भी पहेले बहू थी” टिभी सिरियलमा खेल्थिन् l नरेन्द्र मोदीलाई गान्धीगढ मानिने ‘अमेठी’ मा एक उम्मेदवार चाहिएको थियो I भारतीय समुदायबीच सिरियल लोकप्रिय र स्मृति चर्चित थिईन् I मोदीले ईरानीलाई टिकट दिए l तर उनी राहुल गान्धीसँग हार्न पुगिन् l

हारे पनि मोदीले उनलाई आफ्नो मन्त्रिमन्डलमा स्थान मात्र दिएनन्, एक भन्दा बढी मन्त्रालयको जिम्मेवारी सुम्पे I ८ कक्षा पास स्मृति शिक्षा, मानव संसाधन र सूचना प्रविधि मन्त्री भईन् l मन्त्रिपरिषदमा उनको प्रभाव र दवाव शक्तिशाली थियो I

फेरि संसदीय चुनाव भयो, यसपटक उनले राहुल गान्धीलाई हराईन् l फेरि महिला विकास मन्त्री बन्न पुगिन् मोदी सरकारमा l अमेठीबाट त्यसमाथि ‘राहुल गान्धी’ लाई हराएर आएकी स्मृतिको दबदबा र दम्भ ‘दबङ्ग’ शैलीको थियो l भाजपा नेता, कार्यकर्ता र अमेठीका मतदातालाई गन्न, सुन्न, भेट्न र मान्न छोडिन् l

पत्रकारलाई अपमान गर्ने, महिला हिँसा विरुद्ध चुईङ्क्क नबोल्ने, धार्मिक सद्भाव भड्काउने विचार राख्ने, संसदमा विपक्षी दल र दलका नेताहरुप्रति विशेष गरी सोनिया, प्रियङ्का र राहुलप्रति कठोर अनि अपमानजनक वचन, व्यवहार गर्ने व्यवहार स्मृतिको चरित्र बन्यो । यहाँसम्मकी मोदी जसले उनलाई राजनीतिमा ल्याए, संसदको टिकट दिए, हारेर पनि मन्त्री बनाए, पार्टी प्रवक्ता बनाए I बारबार टिकट दिए, मानव संसाधन, सूचना प्रविधि मन्त्री जस्ता महत्वपूर्ण मन्त्रालय मोदीले दिए तर उनैलाई पनि गन्न, मान्न र सोध्न छोडिन् l

२०२४ मा आम चुनाव आयो I अमित शाह, जेपी नड्डा अमेठीका जनताले मात्र हैन स्वयम् मोदीले पनि टिकट दिने सोच बनाएका थिएनन् । तर टिकट पाईन् l अमेठीका जनताले उनलाई शर्मनाक पराजय गराउने मनस्थिति बनाएका थिए र गान्धी परिवारले उनका एक साधारण सदस्य किशोरी लाल शर्मा (के.एल. शर्मा) लाई टिकट दिए l शर्मा गान्धी परिवारको एक अति बफादार कार्यकर्ता मात्र थिएनन्, उनीहरुको खेतीपातीको देखभाल गर्थे । उनलाई राजीव गान्धीले समेत साह्रै विश्वास गर्थे I उनै के एल शर्माबाट स्मृतिले लज्जाजनक हार बेहोर्न पर्यो l चुनाव हार्नमा मोदी र शाहको अप्रत्यक्ष असहयोग रहेको अनुमान गरिन्छ I

२०२४ को चुनाव पछि बिजेपीले सरकार बनाएको छ I मोदी तीन पटक प्रधानमन्त्री बन्न पुगे l स्मृतिले स्मरण गरिन्, “मैले हार्दा पनि मोदीले पहिले मन्त्री बनाएका छन्” दिल्ली गईन् । यसपल्ट पनि मन्त्री बन्छु तर मोदीले स्मृतिलाई विस्मृतिमा राखिदिए । न मन्त्री बनाए, नत पार्टीको कुनै भूमिका दिए l शपथ-ग्रहण समारोहमा उनलाई कसैले सोधेनन्, कसैले मानेनन् l पछाडिको लहरमा प्लास्टिकको कुर्सीमा बस्न पुगेकी थिईन् l

पार्टी अध्यक्ष जेपी नड़डाको कार्यकाल यो सालको अन्ततिर सकिँदै छ l स्मृतिलाई पार्टी अध्यक्ष हुने रहर जाग्यो l मोदी, अमित शाह, (जो उनी पहिले देखि नै असन्तुष्ट थिए) र जेपी नड़डालाई भेट्नलाई स्मृतिले समय मागिन्, कसैले भेट दिएनन् l पार्टी अध्यक्ष नभए पनि आउने राज्यसभाको टिकट पाउने आशामा पार्टी अफिस, प्रम निवास धाईन् । तर निराशा बाहेक केही हात लागेन l दिल्ली प्रदेशको मुख्य मन्त्रीमा आँखा लगाईन्, पार्टी प्रवक्ता बन्नलाई समेत हार गुहार गरिन्, कसैले टेरपुच्छर लगाएनन् I केही पनि प्राप्त गरिनन् l सांसद नबनेपछि पार्टीको कुनै पनि भूमिकामा रहन पार्टीका वरिष्ठ नेताहरुलाई अनुनय विनय गरिन् कसैले वास्ता गरेनन् I

अन्तत मन्त्री, राज्यसभा सांसद, पार्टीको कुनै पनि भूमिका नपाउने भएपछि उनी फेरि टिभी सिरियलको कलाकारको भूमिकामा फर्केकी छिन् l त्यही टिभी सिरियल “सास भी कभी बहू थि” को पुरानै भूमिकामा र यो सिरियल यही जुलाई महिनाको अन्ततिर टिभीमा देखिनेछ I

राहुल गान्धीलाई हराएको अहंकार, कांग्रेस र गान्धी परिवारको विरासतलाई चुनौती दिएको दम्भले आफू पार्टीको भावी उत्तराधिकारीको रूपमा देख्न, देखाउन थालिन् । जुन कुरा मोदी-शाह जो तीन दशकदेखि निकट सम्बन्ध छ, लाई समेत चित्त बुझेको थिएन I केही दिएको जस्तो गरी बिस्तारै मोदी शाह जोडीले उनलाई किनारा लगाउँदै थिए र अहिले उनी राजनीतिबाट पत्तासाफ गराए l

राजनीतिबाट दरकिनार भएर फेरि तीन दशक अगाडिको पुरानै सिरियल र जमानामा ईरानी फर्केकी छिन् l अहिले नयाँ प्रविधि, नयाँ सोच, नयाँ संस्कार र नयाँ रितिरिवाजमा त्यो तीन दशक अघिको सिरियल कति मन पराईन्छ, कतिले हेर्लान् त्यो गर्भमा छ I अर्को कुरा तीस बर्ष अघि यो सिरियल हेर्ने दर्शक कति जीवित छन् वा उमेरका कारण कति हेर्न सक्ने अवस्थामा छन् यो अर्को पाटो छ I अझ गम्भीर कुरा, बिजेपी समर्थक कलाकार, कार्यकर्ता वा शुभेच्छुकहरुले निर्माण गरिएका चलचित्र, सिरियल वा कार्यक्रमहरुमा बिजेपी र आरएसएस (राष्ट्रिय स्वयमसेवक संघ) ले प्रचार, प्रसार र हेर्नलाई अनुरोध गर्ने प्रचलन छ । यसरी अनुरोध गरिएमा बिजेपी र आरएसएसका लाखौं सदस्यले हेर्ने गर्छन् तर उनले मोदी, शाह र नड़ड़ालाई खुशी राख्न नसकेका कारण प्रचार प्रसार र दर्शकलाई हेर्नका लागि अनुरोध गरिएको छैन ।

अत: यिनको यो टिभी सिरियल पनि उनी राजनीतिमा फ्लप भए झैं फ्लप त हुँदैन ? त्यसका लागि पर्खनै पर्ने भएको छ I

(अस्टिन, टेक्सस)

 

शेयर गर्नुहोस:

2.2k
Shares