मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   
मनोरञ्जन   
मुख्य समाचार   

ड्यालस हिमालय महिला लायन्स क्लबद्वारा तीज कार्यक्रम

ड्यालस हिमालय महिला लायन्स क्लबद्वारा तीज कार्यक्रम

तस्बिर : किशन रेग्मी

ड्यालस हिमालय महिला लायन्स क्लबको आयोजनामा तीज विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम अर्भिंग सिटीमा आयोजित गरिएको थियो, जहाँ करिब १०० जना सहभागीहरू उपस्थित थिए।

कार्यक्रममा सहभागी नेपाली महिलाहरूले गीत, नाच, र तीजको परम्परागत उत्सव मनाउँदै आफ्नो सांस्कृतिक पहिचानलाई उजागर गरे। तीज नेपाली महिलाहरूको लागि सबैभन्दा महत्वपूर्ण चाड मानिन्छ, जसमा उनीहरूले पतिको सौभाग्य, परिवारको सुख, र आत्मिक सन्तुलनको कामना गर्दै रमाइलो गर्छन्।

Advertisement
ADVERTISEMENT

महिलाहरूले परम्परागत तीज गीत गाएर नाचे, रंगीन पोशाकमा सजिएर तीजको रौनक छरिए। कार्यक्रमले नेपाली समुदायमा एकता, संस्कृति र महिला सशक्तिकरणको सन्देश दिएको आयोजकहरूले बताए।

ड्यालस हिमालय महिला लायन्स क्लब ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्समा सामाजिक सेवामा सक्रिय संस्था हो। यस क्लबले स्वास्थ्य, शिक्षा, महिला सशक्तिकरण, र आपतकालीन राहतका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको अध्यक्ष गंगा बराल पौडेलले बताईन् ।

कार्यक्रमको समापनमा आयोजकहरूले सहभागी सबैलाई धन्यवाद दिँदै आगामी दिनमा अझ व्यापक सांस्कृतिक तथा सामाजिक कार्यक्रमहरू आयोजना गर्ने प्रतिबद्धता जनाए।

तस्बिर : किशन रेग्मी

शेयर गर्नुहोस:

6.3k
Shares