ड्यालस (अमेरिका) । ड्यालस-फोर्टवर्थ क्षेत्रमा आधारित यति प्रोपर्टी म्यानेजमेन्टले तीन वर्षको व्यबसायीक यात्रा पुरा गरेको छ ।
कम्पनीले तीन वर्ष पुरा गरेका अवसरमा जारी विज्ञप्तीका अनुसार यसबीचमा ८० भन्दा बढी सम्पत्तिहरूको सक्रिय व्यवस्थापन सफलतापूर्वक पुरा गरेको जनाइएको छ । तीन वर्षे यात्रा पुरा गरेका अवसरमा हालै कम्पनीले विशेष कार्यक्रमको आयोजना गरी ग्राहक, साझेदारहरू तथा समुदायका सदस्यहरूलाई एकठाउँमा ल्याउदै विशेष रूपमा मनाएको थियो ।
सन् २०२२ मा स्थापना गरिएको यति प्रपर्टी म्यानेजमेन्टले घरधनी, सम्पत्ति लगानीकर्ता तथा भाडामा बस्नेहरूका लागि पारदर्शिता, सञ्चार र सेवा उत्कृष्टतालाई मुख्य मर्म बनाउँदै नयाँ प्रणालीमा आधारित व्यवस्थापन सेवा प्रदान गर्दै आएको छ। तीन वर्षको छोटो अवधिमा कम्पनी स्थानीय सम्पत्ति बजारमा भरपर्दो नाम बनिसकेको समेत विज्ञप्तीमा उल्लेख छ ।
कम्पनीका सह-संस्थापक सुरज पौडेल १८ वर्षभन्दा बढी अनुभव भएका अनुभवी रियल स्टेट ब्रोकर हुन्। उनको नेतृत्वमा यति सानो स्टार्टअपबाट विकास भएर ड्यालस महानगर क्षेत्रमा आवासीय र व्यावसायिक दुवै सम्पत्तिको व्यवस्थापन गर्ने सफल कम्पनी बनेको समेत जनाइएको छ ।
त्यस्तै अर्का सह-संस्थापक मनोज सिग्देलसँग सम्पत्ति व्यवस्थापन तथा व्यवसाय नवप्रवर्तनमा १८ वर्षभन्दा बढी अनुभव छ। हालैबाट बिक्री तथा मार्केटिङ प्रमुखका रूपमा श्रद्दा श्रेष्ठ कम्पनीमा आबद्ध भएकी छन्।
जुलाई १२ को शुभारम्भ कार्यक्रम कम्पनीको वृद्धि मात्र होइन, समुदायसमक्ष यति प्रपर्टी म्यानेजमेन्टको नयाँ दृष्टिकोणसहित पुनःपरिचयको अवसर पनि बनेको थियो । सजिलो सम्पत्ति स्वामित्व सुनिश्चित गर्ने उद्देश्यका साथ, प्रणाली, सेवा, र सत्यनिष्ठामा आधारित दृष्टिकोण समेत सो अवसरमा प्रस्तुत गरिएको थियो ।












प्रतिक्रिया