मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

आत्मनिर्भर र समृद्ध प्रदेश निर्माण गर्नु प्रदेश सरकारको परिकल्पना : मुख्यमन्त्री बानियाँ

आत्मनिर्भर र समृद्ध प्रदेश निर्माण गर्नु प्रदेश सरकारको परिकल्पना : मुख्यमन्त्री बानियाँ


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font
  • change font

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले समावेशी, दिगो, आत्मनिर्भर र समृद्ध प्रदेश निर्माण गर्नु वर्तमान सरकारको परिकल्पना रहेको बताएका छन् ।

प्रदेशसभाको आजको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दै उनले समावेशी, दिगो, आत्मनिर्भर र समृद्ध प्रदेश निर्माणका लागि सहमति, सहकार्य, एकता र आपसी सद्भावका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

सामाजिक अराजकता र नकारात्मक सोचलाई सकारात्मक सोचमा परिवर्तन गर्दै भ्रष्टाचारमुक्त, सुशासनयुक्त, पारदर्शी, जवाफदेही सरकार बनाउन प्रयत्नशील रहेको उल्लेख गर्दै मुख्यमन्त्री बानियाँले उत्पादन र रोजगारी बढाउने कार्यलाई सरकारले प्राथमिकताका साथ अघि बढाउने बताए ।

जनताको प्राथमिकता नै सरकारको प्राथकिकता हुने भन्दै उनले जनतालाई हरेक क्षेत्रमा गुणात्मक परिवर्तनको अनुभूति गराउने गरी सरकारले काम गर्ने बताए ।

मुख्यमन्त्री बानियाँले सरकार भाषणबाट होइन कामबाट प्रमाणित गर्ने बताउँदै चालु आर्थिक वर्ष २०८२–८३ को बजेटसम्बन्धी संकल्प प्रस्तावलाई सरकारले आत्मसात् गरी अघि बढ्ने बताए ।

‘प्रदेशको साक्षरतादर ९० प्रतिशतमा पुर्याउने र निरपेक्ष गरिबी सात प्रतिशतमा झार्ने प्रदेश सरकारको लक्ष्य रहेको छ, उद्यमशीलतामार्फत विदेशबाट फर्किएका युवाहरूलाई स्वदेशमा रोजगारी सिर्जना गर्ने र जनताको ढोका ढोकामा सेवा दिने सरकारको प्रयत्न रहने छ’, उनले भने ।

आज दिउँसो ५ः०० बजेदेखि सुरु भएको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री बानियाँले पेस गरेको विश्वासको मत प्राप्त गर्ने प्रस्तावमाथि विभिन्न दलका संसदीय दलका नेताहरुले धारणा राखिरहेका छन् ।

नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का ६४ जना प्रदेशसभा सदस्यको समर्थनमा कांग्रेस बागमती प्रदेशका सभापतिसमेत रहेका बानियाँ यही साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्रीमा नियुक्त भएको एक सातापछि उनले आज विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार मुख्यमन्त्री बानियाँले नेपालको संविधानको धारा १६८ को उपधार ४ तथा प्रदेशसभा नियमवाली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम प्रदेशसभाबाट विश्वासको मत लिने प्रस्ताव अघि बढाएका हुन् ।

शेयर गर्नुहोस:

108
Shares