मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

धैर्यको किनारा ! ‘The Shore of Patience’

धैर्यको किनारा ! ‘The Shore of Patience’

- रोजिना ढुङ्गाना / टोरिन्टो, क्यानडा


शेयर गर्नुहोस:

891
Shares

  • change font
  • change font
  • change font

कहिले सँगै होइन्छ भनेर कल्पना गर्न त भ्याएको थिइन।
तर, एक दिन त सँगै होइन्छ,
“आफ्नै त हो नि” भनेर महसुस गर्दा मात्रै नै आनन्द आउँथ्यो,
स्वर्ग जस्तो लाग्थ्यो, safely landed feel हुन्थ्यो।
तर…
तिमीलाई सम्झाएर रोक्ने आँट गर्नै सकिनँ,
न त फर्किन आग्रह गर्ने शब्दहरू नै भेटेँ।
आफैँलाई सम्झाउने बाहेक म केही गर्न सकिनँ।
जहाँ केही थोपा आँसु थिए होलान्, कतै आक्रोश,
तर तिमी सँग होइन, म आफैँ सँग।
तिमीप्रति त गर्व छ
तिमी आफ्नो प्राथमिकता रोज्न सफल भयौ,
आफ्नो खुसीलाई पन्छा लगाएर…
किनभने म बुझ्थेँ
तिमीलाई त सपनाले बोलाइरहेको आवाज सुनिन्थ्यो,
र मैले चुपचाप त्यो आवाजको सम्मान गरें।
सायद म त्यो दृश्यमा अटाउन सकिनँ।
सपना त हराउन सक्छ,
कसैलाई आफ्नो बाटो रोज्न पनि समय लाग्छ।
तर साँचो साथ धैर्यवान हुन्छ भन्ने अनुभूति भने
शायद दिलाउन सकिन होला।
तर म आँधी होइन थिएँ
म त किनारा थिएँ।
शान्त, धैर्यवान, स्थिर।
डुग्गा फरक भए पनि, गन्तव्य एउटै हुन सक्थ्यो।
न कुनै संकेत थियो, न कुनै स्पष्टता।
म आफैँभित्र ओत लागेँ
रिसले होइन, मौन पीडाले।
बस, आफ्नै सन्नाटामा बिलाएँ।
भित्ताहरूसँग बोलेँ, पर्दासँग रिसाएँ
जसमा कुनै वेला तिम्रो आवाज बाँचिरहेको थियो।
‘हामी’ भन्ने सम्झनासँग बसिरहेँ
न कुनै आरोप, केवल आशा बोकेर।
तर पनि,
माया त नबोली बुझ्ने कला हो, हैन र?
सायद यही मौनता मेरो प्रेमको गहिराइ थियो
यति हुँदाहुँदै पनि तिमीले बुझेनौ।
तिमी फर्कने आशामा होइन,
तर तिमीले महसुस गरिहाल्छौ कि भन्ने
शान्त प्रार्थनामा।
म त तिमी खुसी रहोस् भन्ने चाहन्थेँ
तर मनको गहिराइमा आशा थियो
त्यो खुसी मसँगै बाँड्न सकिन्थ्यो कि भन्ने।
तिमी जुन शान्ति भन्छौ या खुशी खोज्दैछौ,
त्यो त सधैं यहीं थियो…
was never far from you
it was here, with me,
all along…
चाहे फर्केर आऊ
जसरी पहिले आउँथ्यौ
शब्दविना, तर भावना बोकेर।
म आज पनि यहीँ छु
न आरोप लगाएकी, न रिसाएकी, न गुनासो गरेकी,
बस शान्त रहँदै तिम्रो अनुकूल समयको प्रतीक्षामा बसेकी
माया र समझदारीले बनेका कहिल्यै बन्द नहुने ढोकामा।

शेयर गर्नुहोस:

891
Shares