टेक्सस

नेपाली समाज टेक्ससको निर्वाचन : तीनहजार सातसय मत खस्यो

नेपाली समाज टेक्ससको निर्वाचन : तीनहजार सातसय मत खस्यो


ड्यालस (टेक्सस) नेपाली समाज टेक्सस (एनएसटी) को आज शनिबार भएको निर्वाचन अनुसार साँझ ७ बजेसम्म तीनहजार सातसय जनाले मतदान गरेका छन् ।

Advertisement

तोकिएको समय साँझ ७ बजेभित्र उक्त संख्यामा सदस्यहरुले मतदान गरेका हुन् । ७ बजेपछि पनि सदस्यहरु मतदानका लागि लाइनवद्ध छन् । लाइनमा बसेका सबैले भोट हाल्न पाउने निर्वाचन आयुक्त विजयराज भट्टराईले जानकारी दिए ।

नेपाली समाज टेक्ससमा कुल ६ हजार एकसय सदस्य छन् । अझै पनि तीनसय व्यक्तिहरु मतदानका निम्ति लाइनमा लागेका छन् । मतदान सकिन अझै दुइ घण्टा लाग्ने अनुमान गरिएको छ ।

यो पनि पढ्नुहोस