नेपाली समाज टेक्सास (एनएसटी)को आउने नेतृत्वका लागि चुनाव शुरु भएको छ । नेपाली समुदायलाई मर्दा र पर्दा सहयोगी संस्थामा विकास हुदैं आएको एनएसटीमा करिब ६ हजार सदश्य छन् । यी सवै सदश्यले आफ्नो लागि नेतृत्व चयन प्रकृयामा सहभागी हुन पाउंछन् ।
ड्यालस स्थित नेपाली मन्दिरमा विहान सात बजेदेखीनै मतदानको प्रकृया शुरु भएको थियो । टेक्ससको ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्समा रहेको युलेस सिटीमा अवस्थित पशुपतिनाथ मन्दिर तथा बुद्ध बिहारमा मतदान सुरु भएको छ ।
अ
अध्यक्ष पदमा दुबै उम्मेदवारहरु विजय भुसाल र जनक भण्डारीले मतदान गर्दै जो जस्ले जितेपनि संस्थाको हितमा निरन्तर काम गरिरहने उल्लेख गर्दै सदस्यहरुलाई मतदानका लागि साँझ ७ बजेभित्र आइसक्न आव्हान गरेका छन् । नेपाली समाज टेक्ससका १६ वटा पदका लागि मतदान सुरु भएको हो । १६ पदमा ३३ जना उम्मेदवारहरु छन् ।

८ वजे भोट गर्न शुरु गरिएको थियो । निकै तामझाम साथ चुनाव हुन लागिरेको छ । मतदानमा नेपालमा हुने चुनाव वुथकै झल्को दिन्छ ।
टेक्सस ड्यालस नेपाली समुदायको सबैभन्दा धेरै बसोवास भएको क्षेत्र हो । धेरै नेपाली समुदाय ड्यालस वरपर केन्द्रित रही वसोवास गर्दै आएका छन् । युलिस सिटी काउन्सिलमा नेपाली मुलका टिका पौडेलले निर्वाचन जितेर काम गर्दै आएका छन् । नेपालीको मागकै कारण ड्यालसमा हालै नेपाल सरकारले कन्सुलेट अफिस खोलेको थियो
नेपालमा आउने फागुनमा हुने चुनावमा विदेशमा वस्ने नेपालीलाई भोट गर्न दिने नदिने वारेमा वहस भईरहेको छ । नेपाल सरकारले विदेशमा वस्नेलाई मतदानमा सहभागी गराउन सकिदैंन भन्दै आएको छ । कसरी मतदान गराउन सकिन्छ भन्ने यो चुनाव उदाहरण हुन सक्छ ।












प्रतिक्रिया