ड्यालस, टेक्सस — नेपाली समाज टेक्सस (NST) को निर्वाचन प्रक्रिया आज बिहान ८ बजेदेखि सुरु भई सक्रिय रूपमा अघि बढिरहेको छ। हालसम्म प्राप्त विवरणअनुसार बेलुका ५ बजेसम्म २,७५० मतदाताले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन्।
करिब ६२०० सदस्य मतदाता रहेको यस संस्थाको निर्वाचनमा सदस्यहरूको उल्लेखनीय सहभागिता देखिएको छ। निर्वाचन समितिले जनाएको अनुसार साँझ ७ बजेसम्म मतदान केन्द्रमा लाइनमा रहेका सबै मतदातालाई मत हाल्न दिइनेछ।
अध्यक्ष पदका उम्मेदवारहरू विजय भुसाल र जनक भण्डारी दुवैले मतदानपछि प्रतिक्रिया दिँदै, निर्वाचनको नतिजा जे भए पनि नेपाली समाज टेक्ससको विकास र एकताको लागि मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले अझै मतदान नगरेका सदस्यहरूलाई समयमै उपस्थित भई मतदान गर्न आग्रह गरेका छन्।













प्रतिक्रिया